बाहिरी  जिल्लाका मजदुर घर र्फिताका लागि पहल गर्दै :  अध्यक्ष  जय बहादुर ऐर

कोभिड १९ प्रभावमा निर्माण व्यवसायी,


धन बहादुर भण्डारी,डडेल्धुरा

विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव निर्माण व्यवसायी र निर्माणधिन क्षेत्रमा समेत परेको छ । नेपाल सरकारले लकडाउनको घोषणा गरे संगै निर्माण स्थल पनि ठप्प रहेका छन् ।केही अधुरा छन् भने अधिकांस कामहरु सुरु हुन नपाउदै वन्द भएका छन् ।
निर्माणका लागि खटिएका कर्मचारी , कामदारहरु, कार्यक्षेत्रमा काम गर्न सक्ने वातावरण नभए पछि सहज रुपमा सुरक्षित घर फिर्ता पठाउन समेत अप्ठेरो भएको भएको छ । कमपनीका मजदुर निर्माण कम्पनीलाई आग्रह गरि रहेका छन् । छोटा तथा लामोदुरीका साधन वन्द हुँदा मजदुर र अन्य कर्मचारी घरफर्कनै वतावरण नभएको मजदुरहरुको भनाई छ ।

आफु लगाएत सम्पुर्ण साथीहरु घर फर्किन खोजेको जोगवुढामा कार्यरत काली चौधरीले वताईन । उनि केही महिना अगाडी ज्यालामजदुरी गर्न कैलालीको लम्की वाट परशुराम नगरपालिकामा आफन्त सगैं पुगेकी थिईन । कैलाली कञ्चनपुर सगै, वर्दिया , बाके, इटहरी, दाङ, सुर्खेत लगाएतका क्षेत्रवाट ठेक्का र मजदुरीमा काम गर्न हजारौंको सख्यामा वाहिरी जिल्लाका मानिस डडेल्धुरामा रहेका छन् । धेरे मजदुरहरु वालवच्चा र श्रीमती सहित डडेल्धुराका विभिन्न स्थानमा पुगि मजदुरी गरि रहेका ठेकेदार दुखीराम चौधरीले वताए ।
डडेल्धुरामा सडक निर्माण, कालोपत्रे, पुलनिर्माण ,लगाएत सरकारी र गैरसरकारी भवन निर्माणमा समेत जिल्ला वाहिरका मजदुर काम गरि रहेका छन् । निर्माणाधिन काम कोरोना भाइरसका कारण वन्द गर्नु पर्दा उनिहरुलाई घर फर्काउने वतावरण मिलाई रहेको निर्माण व्यवसायी सघं डडेल्धुराका अध्यक्ष जयबहादुर ऐरले वताए । महासघं संग समन्वय गरि चाडै उनिहरुलाई घर फर्कने वतावरण मिलाउने अध्यक्ष ऐरले वताए ।
काम गर्न गराउने परिस्थिति नरहेको जनाउदै उनिहरुलाई सुरक्षित घर फकाईने निर्माण व्यवसायीहरुको भनाई रहेकोछ । यस परिस्थितिमा कर्मचारी तथा कामदारहरु कुन अवस्थामा छन साथै उचित व्यवस्थापन को अनुमतिका लागि नेपाल सरकार लाई अनुरोध । पत्र पठाईसकेको निर्माण व्यवसायी सघं डडेल्धुराका महासचिव लवराज चटौतले वताए ।

bb

Leave A Reply

Your email address will not be published.