पदम जोरा , डडेल्धुरा
विश्वमा फैलिएको कोभिड–१९ कोरोना संक्रमण वाट जोगीनका लागि संविधानसभा सदस्य तथा बरिष्ठ समाजसेवी डा.आरजु राणा देउवाले शुदुरपश्चिमवासीलाई अपिल जारी गर्नु भएको छ । सामाजिक दुरी कायम गरौ, सरकारको लकडाउनको पुर्ण पालना गरौ ,भन्दै अपिल गर्नु भएको छ । सामाजिक र राजनैतिक क्षेत्रमा कार्यरत काग्रेस नेतृ राणाले सबैको मनोभावना जित्नका लागि आम संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , जनप्रतिनिधी हरुले जनतालाई चेतनादिई सजकता र सतर्कताका लागि पहल चाल्न आजको टड्कारो आवश्यकता रहेको बताउनु भएको छ ।
रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जको कार्यक्रम परशुराम बिशेसमा बोल्दै डा.राणा(देउवा)ले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता न लागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संंक्रमण न्यूनीकरण हुने बताउनु भएको छ । सामजिक दुरी कायम गरौ, खानपिनमा सुधारगरौ, भिडभाड नगरौ, मास्कको सहि प्रयोग गरौ भन्दै उनले सबैलाई सर्तकताका लागि अपिल जारी गर्नु भएको हो । गबिरीको रेखामुनी रहेको शूदुरपश्चिम प्रदेशका बिभिन्न जिल्ला , बस्ती, समुदायवाट अधिकान्स नेपाली युवाहरु बैदेशीक रोजगारीमा मित्रराष्ट्र भारत र अन्य मुलुकहरुमा जाने बाध्यता विगत देखी नै रहेकोमा अहिले विश्वमा नै कोभिड १९ कोरोना संक्रमण सन्त्रास फैलिदा भारत सरकारले देशव्यापी लक डाउन गरे पश्चात नेपाली दाजुभाई दिदि बहिनीहरु , नेपाली भित्रीएकाले उनीहरुलाई सर्तक पार्नु र स्वास्थ्य परिक्षण गर्न , होम कोरेन्टाईन बसाउनु नै संक्रमण वाट जोगीने मुख्य उपाय भएको उनले औल्याउनु भएको छ ।
यो राजनैतिक स्वार्थ हेर्ने अवस्था होईन । राजनीती वाट माथि उठेर सबै एक जुट भई कोभिड १९– कोरोना भाईरस संक्रमण वाट बच्ने बचाउने अभियानमा हातेमालो गर्न जरुरी रहेको उनले दाबी गर्नु भएको छ ।
चिनको वुहानवाट सुरु भएको कोभिड १९–कोरोना भाईरसको संक्रमण हुदाँ÷हुदा भारत र नेपालमा समेत ३ जनामा भेटीएको पुष्टि भइ सकेको अवस्था छ ,,सबैले गम्भीरताका साथ लाग्नु पर्नेमा उनको जोड रहेको थियो । जनताले अभिवाबकत्व खोजी रहेका छन , त्यसकारण भिडभाड न हुने गरी जनताबिच जनप्रतिनिधीहरुले सान्त्वना दिई अभिवाकत्व निभाई त्रास घटाउन सकिने उपाय भएको राणाको भनाई रहेको थियो ।
