३९ जनालाई परशुराम नगरपालिकाले त्रिबेणी क्याम्पसमा क्वारेन्टाईनमा राख्यो (फोटोफिचर)

डडेल्धुराको परशुराम नगरपालिकाले भारतका बिभिन्न स्थानबाट आएका नेपालीहरुको स्वास्थ्य परिक्षण गदैं क्यारेन्टाईनमा राख्न शुरु गरेको छ । मंगलबार सुदुरपश्चिम प्रदेश सरकारको निर्णयपछि कैलालीको गौरिफन्टा नाकाबाट बसमार्फत परशुराम पुराईएको ३९ जनालाई परशुराम नपा–१२मा रहेको त्रिबेणी क्याम्पसमा अस्थायी क्वारेन्टाईन बनाएर राख्न शुरु गरिएको परशुराम नगरपालिका नगर प्रमुख भिमबहादुर साउँदले बताउनु भयो ।
प्रदेश सरकारले पठाएका ४५ जना मध्ये ३९ जना मात्रै परशुराम नगरपालिका पुगेका छन् ।

६ जना भने बाटोबाटै हराएका भएका छन् । ३९ जनाको स्वास्थ्य परिक्षण गरिए अस्थायी क्वारेन्टाईनमा राखिएको छ । गौरीफन्टा नाकाबाट ६८ जना डडेल्धुरा जिल्ला लागि आएका थिए । गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका अधिकांशले सेल्फ क्वारेन्टाईन तथा स्थानीय तहले बनाएका क्वारेन्टाईन बस्न नमानको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनु भयो । यता डोटीको बान्डुरीसैन स्थानीय तहले बिद्यालयमा बनाएको क्वारेन्टाईनमा मंगलबार गौरीफन्टा नाकालाई बस्न स्थानीय अबरोध गरेको छन् ।

bb

Leave A Reply

Your email address will not be published.