कोरोना भाईरस बिरुद्ध अभियान संचालन गर्न परशुराम नगरपालिकाले ५० लाखको आपत्तकालिन कोष स्थापना

चैत्र १७ गते सम्म पुरै नगरपालिका लकडाउन गर्ने निर्णय

रितु भट्ट , जोगबुडा(डडेल्धुरा) : डडेल्धुराको परशुराम नगरपालिकाले कोरोना भाईरस (कोभिड-१९) को सन्त्रास न्यूनीकरण र सर्तकताका लागि ५० लाखको आप्तकालिन कोष स्थापना गरेको छ । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)  सन्त्रास फैलिएको अवस्थालाई मध्यनजर गरी सजकता र पूृर्व तयारी स्वरुप आपत्कालिन कोष स्थापना गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले बताउनु भएको छ ।

परशुराम नगरपालिकाका नगर प्रमुख साउँदको संयोजकत्वमा बसेको सर्बपक्षिय भेलामा राष्ट्रियसभा सदस्य चक्र प्रशाद स्नेही, संविधानसभा सदस्य नरभानकामी, उप–प्रमुख कलावती देबकी बोहरा, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, संचारकर्मी, तिनवटै सुरक्षा निकाय प्रमुख प्रतिनिधी, स्वाथ्यकर्मी, नगर स्थित सरकारी तथा गैर सरकारी निकाय र संघ संस्थाहरु सहितको सर्वपक्षिय भेला सहितको बैठकवाट उक्त निर्णय गरेको नगरपालिकाका कानुनी अधिकृत गोविन्द राज जोशीले जानकारी दिनुभएको छ ।

नगरपालिका स्थित तिन वटै सुरक्षा निकाय, रेडक्रष, १२ वटै वडाका वडाअध्यक्ष, जनप्रतिनिधी, संचार माध्यम र संचारकर्मीहरुलाई समेत यस अवस्थामा संवेदनशिल भएर जनतालाई सचेतना दिन, सत्य तथ्य सूचना , सन्देश प्रवाहमा सहयोग पुगाउन आग्रह गरीएको कानुनी अधिकृत जोशी बताए । परशुराम नगरपालिकाले आजै आकस्मीक सर्वपक्षिय भेला बोलाई आपत्कालिन कोस स्थापना गरीएको नगरपालिकाले जनाएको छ । सोही अन्तरगत ,आवश्यक स्वास्थ्यकर्मीका लागि उपकरण, औषधी, श्रोत साधनको ब्यबस्थापन गरी, वडा. न. ७ को सादनी स्वास्थ्य चौकि, वडा.न १० को कुरमुल्ले र जोगबुडा बषपार्कमा हेल्थडेष्क स्थापना गरीने , नगरलाई चैत्र १० गते देखी १७ गते सम्म लकडाउन गर्ने र अति आवश्यक काम बाहेक वाहिर आवत जावत गर्नमा समेत रोक लागईने नगरपालिकाले जनाएको छ । संचारकर्मी, सुरक्षाकर्मी, रेडक्रषकर्मी , स्वास्थ्यकर्मी भिडभाड नहुने गरी न्यून संख्यामा नगरपालिका वाट खटाईएका ब्यक्तिहरुले अनुगमन, सन्देश प्रवाहमा सकिृयता दिन समेत नगरपालिका निर्णयमा पुगेको छ ।

bb

Leave A Reply

Your email address will not be published.