डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले सोमबारदेखि अत्यावश्यक बाहेकका सबै व्यापार–व्यवसाय बन्द गर्न आह्वान गरेको छ। आइतबार एक बिज्ञप्ती जारी गर्दै संघले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न सबै व्यवसायीलाई आह्वान गरेको हो।
‘कोरोना भाइरस ९कोभिड–१९० को महामारीबाट सम्पूर्ण विश्व आक्रान्त भएको अवस्थामा यस जिल्लामा पनि त्यसको असर देखिन सक्ने हुने भएकाले बजार क्षेत्रहरूमा भीडभीडको अवस्था सिर्जना हुने भएको हुँदा दैनिक उपभोग्य लगायत अति आवश्यक वस्तुका पसलहरू बाहेकका पसलहरू चैत्र १० गतेदेखि अर्को सूचना प्रकाशति नहुन्जेलसम्मका लागि आ–आफ्नो उद्योग व्यवसायीक प्रतिष्ठानहरू सम्पर्कमा रही बन्द गरि सहयो गरिदिनहुन अनुरोध गर्दछु।’ संघका अध्यक्ष लोकराज भट्टद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ।
उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरूलाई पसल बाहिर आफ्नो सम्पर्क नम्बर र नाम देखिने गरी टाँस्नसमेत वाणिज्य संघले अनुरोधन गरेको छ। तर, अतिआवश्यक वस्तु खाद्यान्न र औषधिको आपूर्ति नरोक्नसमेत यहाँका व्यावसायीहरूलाई आग्रह गरिएको छ।
