भागेश्वर गाउँपालिकाद्धारा कोरोना बिरुद्ध लड्न १० लाखको आपतकालिनकोष स्थापना

गाउँ गाउँमा जनचेतना मुलक कार्यक्रम संचालन गरिने ।

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसलाई आफ्नो गाउँपालिका फैलिन नदिन १० लाख रुपैयाको आपतकालिनकोष स्थापना गरि गाउँ गाउँमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । आईतबार बसेको कार्यपालिकाको बैंठकले गाउँपालिका ५ वटै वडाहरुमा बिभिन्न चेतनामुलक कार्यक्रम संचालन गरिने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताईन् । ‘कोरोना बिरुद्ध लड्न हामीले सबै खालका कम चाल्ने समेत निर्णय गरेको छौं ।’ अध्यक्ष भट्टले भिनन्, ‘सबै नागरिकलाई कोरोनाको संक्रमणबाट सचेत हुन समेत हामी ठाउँ ठाउँमा आग्रह गरिरहेका छौं ।’ गाउँपालिका सबै स्वास्थयकर्मी जनचेतना लगाउन हरदम लागि पर्ने अध्यक्ष भट्टले बताउनु भयो । हरेक बस्तीमा जनप्रतिनिधि र कर्मचारी गएर कोरोना सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरिने छ । भने गाउँगाउँमा सबै नागरिकहरुलाई सरसफाईको साथै कोरोनासँग कसरी सामना गर्ने बिषयमा रहेक नागरिकलाई चेतना दिलाईने छ ।
कार्यपालिकाले महामारीको स्थितलाई मध्यनजर गदैं संक्रमण रोकथामका लागि भोली देखि नै चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको भागेश्वर गाउँपालिका वार्ड नं. ३का अध्यक्ष रामबहादुर शाहीले बताउनु भयो । ‘कोरानो बिरुद्ध जनचेतनाको अभियान नै संचालन गरिन्छ ।’वडा अध्यक्ष शाहीले भने, ‘हाम्रो प्रयास सकभर कुनै पनि नागरिकलाई कोरोनाको संक्रमण नहोस् भन्ने हो ।’

bb

Leave A Reply

Your email address will not be published.