पदम जोरा जोगबुडा, डडेल्धुरा
विश्वमा फैलिएको कोभिड –१९ कोरोना संक्रमण वाट जोगीनका लागि परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले भित्रीमेधष क्षेत्रमा पर्ने अलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न वडा र टोल बस्ती मै पुगी कोरोना संक्रमण वाट सजक रहने चेतना दिदै स्थानीयलाई मास्क वितरण गर्नु भएको छ ।
परशुराम नगरपालिका वडा.न ४ को बिभीन्न, टोल बस्तीमा आफै पुगी आफ्नो ब्यक्तिगत लगानीमा साउँदले मास्क बितरण गर्नु भएको हो । चैत्र ९ गते परशुराम नगरपालिका वडा.न १ र २ का जनतालाई लक्षित गोगन,कलेना, सलौन,बस्तीमा कोरोना संक्रमण सम्बन्धी चेतना र स्थानीयलाई मास्क वितरण गरीने साउदले बताए । आजै आलिताल गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङलाई पालिकाको सबै गाउँ टोल बस्तीमा वितरण गर्न मास्क हस्तान्तरण गर्नु भएको छ । यसै गरी अलितालकै वडा.न ३ का वडा अध्यक्ष लोकेश महरा र वडा.न ७ का अध्यक्ष बिर बहादुर बोहरालाई समेत टोल बस्ती र वडावासीलाई कोरोनाको सन्त्रास र संक्रमण समबनधी चेतना संगै वितरण गर्न मास्क हस्तान्तरण गर्नु भएको छ । कोरोना संक्रमण वाट जनतालाई सचेतीकरण दिने उदेश्यका साथ नगर प्रमुख भिम बहादुर साउँदले ८ हजार थान मास्क वितरण गरी सकेको जानकारी दिएका छन ।अझै अर्डर भई रहेकोमा अझै नगरभरी वितरण गरीने बताए ।
नगर प्रमुख भिम बहादुर साउँदले विश्वमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको संक्रमण वाट बच्ने उपाय सहित चेतना ,सन्देश र मास्क वितरण कार्य गाउँबस्तीमा सन्त्रास फैलिएको अवस्थामा बृद्वि, बृद्वहरुका लागि सारै सरहानीय रहेको समाजिक अगुवा तथा नेपाल रेडक्रष सोसाईटी जोगबुडा उप–साखाका सभापति दल बहादुर साउँदले बताउनु भएको छ । विश्वमै सन्त्रास फैलिएको अवस्थामा गाउँ,टोल र बस्तीमा आफै पुगी जनतालाई सेवा दिनु परशुराम नगरपालिकाका मनकारी नगर–प्रमुख भिम बहादुर साउँदको नुमना र उदारहणिय कार्य भएको परशुराम ४ कटालका स्थानीय तारी सिंह ठकुराठीले बताए ।
शनिवार मात्रै परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले नगरपालिकाका उप प्रमुख कलवती देबी बोहरा , वडा.न. १ का वडा अध्यक्ष शेर सिंह बोहरा ,वडा.न. २ का वडा अध्यक्ष गगन सिंह साउँद , वडा.न ४ का वडा अध्यक्ष गोपाल दत्त जोशी, वडा.न ७ का वडा अध्यक्ष केशब बोहरा, ९ का वडाअध्यक्ष रमेश सिंह बोहरा, १० का अध्यक्ष हर्क बहादुर कार्की, र १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी लाई समेत वडा, टोल र बस्तीमा बितरण गर्न भनि मास्क हस्तान्तरण गर्नु भएको यो मास्क वितरण गर्द जादा , चेतनाका सन्देशहरु रेडियो परशुराम एफ.एम.जोगबुडा र रेडक्रष जोगबुडा उपसाखाले समेत दिई रहेको छ । मास्क बुझ्दै वडा.न. ७ का अध्यक्ष केशव बोहराले नगर प्रमुख भिम बहादुर साउँदले ब्यक्तिगत लगानीमा मास्क वितरण गरेकोमा ध्न्यावाद दिनु भएको छ । नगर प्रमुख साउँदले नगरपालिका अन्तरगत शिक्षा साखा , स्वास्थ्य साखा , नेपाल रेडक्रष सोसाईटी जोगबुडा उप–साखा , रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्ज परिवार, लाइ समेत मास्क बितरण गर्नु भएको छ ।
