पदम जोरा , चैत्र १ जोगबुडा
परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले परशुराम नगरपालिका वडा.न. ५ को बाङघाट र वडा.न. ६ सिसम जालामा स्थापित हेल्थ डेस्क र नाकाहरुको स्थलगत अनुगमन गर्नु भएको छ । विश्वमा फैलिएको कोभिड १९– कोरोना भाईरसको संक्रमण लाई मध्यनजर गरी परशुराम नगरपालिकाका मित्रराष्ट्र भारत संग सिमा नाका जोडीएका २ वटै वडाहरुमा बिहीवार हेल्थ डेस्क स्थापना गरीएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय ,डडेल्धुरा पशुराम नगरपालिकाको सयुक्त आयोजनामा हेल्थ डेस्क संचाल गरीएको हो । हिन्दु नेपालीहरुको महानपर्व बिशु र नयाँ बर्ष मनाउन रोजगारीमा भारत रहेका नेपालीहरु यि नाकाहरुवाट भित्रीने भएकाले उनीहरुवाट कहि कतै संक्रमण हुन सक्ने भएकाले सर्तकता अपनाउन डेस्क स्थापना गरीएको नगर–प्रमुख भिम बहादुर साउँदले जानकारी दिनु भएको छ । समाचार माध्यमका अनुसार पछिल्लो समयमा नोभिड १९–कोरोना भाईरसका कारण २ भारतिय नागरिकको मृत्यु भएको र केहीमा आशंका देखीएकाले हेल्थ डेस्कवाट नेपाल आउने जोको हीवाट कोरोनाको संक्रमण भित्रीन नदिन चेकजाँच गर्न डेस्क स्थापना गरीएको स्वास्थ्य साखा संयोजक तेज बहादुर सिंहले जानकारी दिनु भएको छ ।
दुई वटै सिमानाकावाट दैनिक ५० देखी ७० जना जती आवत–जावत गर्ने गरेको डेस्कमा खटीएका हेल्थ असिसटेन्ट गणेश नाथले जानकारी दिनु भएको छ । आजको मिती सम्म उक्त हेल्थ डेस्कमा संक्रमित ब्यक्ति कोही न पाइएको उनले जानकारी दिनु भएको छ । मित्र राष्ट्र भारतले आईतबार राती १२ बजे देखी नेपालका सीमा नाका बन्द गर्ने निर्णय गरे पछि आजै परशुराम नगरपालिका पनि भारत संग सिमानाका जोडीएका परशुराम वडा.न. ५ परीगाउँको बाङघाट नाका र वडा.न ६ सिसमजाला नाका चैत्र ४ गते देखी बन्द गर्ने निर्णय गरेको हो । एक सूचना जारी गरी नेपालबाट भारत जाने भारत वाट नेपाल आउने लाई बन्देज लगाइएको छ । यी नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरमा कोरोना नियन्त्रण नहुन्जेल सम्मका लागि रोक लगाइएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिनु भएको छ ।
अत्यावश्यककाम , औषधी उपचार , र्पुणागीरी मेलाको समय भएकाले दर्षन लागि भक्तजनलाई असहज भएको त छ , फेरी पनि कोरोना भित्रीए तो भन्दा ठूलो असहज भई खतरा हुन सक्ने भएकाले नगरपालिकाले सर्तकता अपनाउनु नाका वन्द गरेको पनेरुले बताए । स्थगलत अनुगमनमा समाजसेबी कैलाश कुमार पाण्डेय, वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंह ,वडा.न ५ वडा अध्यक्ष मिन बहादुर चन्द , स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । अनुगमनकै दौरानमा नगर प्रमुख साउँदे परशुरामधाममा र्निमाणधिन स्नान घाट, सडक, मन्दीर, को समेत अुनुगमन गरी गुणस्तरीय र स्टेमेटको आधारमा काम गर्न सम्बन्धीत ब्यक्ति र निकायलाई निर्देशन दिनु भएको छ ।
उक्त क्षेत्रमा मित्रराष्ट्र भारतमा पनि कोरोनाको संक्रमणका कारण २ जनाको र्मत्यु भए संगै कयौनमा संक्रमण देखीएकाले अन्य मुलुक संग नाका जोडीएका क्षेत्रमा कडाई संगै निगरानी समेत बढाएको छ । यसै गरी डडेल्धुराको परशुराम नगरपालिकामा रहेका २ वटै नाकाहरु चैत्र ४ गते देखी अर्को अनिशिच्त कालकालागि बन्द गरीने नगरपालिकाले जनाएको छ । स्थानीयलाई सजताका लागि परशुराम नगरपालिकाले १ सूचना जारी गरी अनिश्चित कालका लागि सित दुईवटै नाकाहरु पूर्ण रुपमा बन्द गरीने परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले जानकारी दिनु भएको छ । कोरोना यि नाकाहरुवाट आउला न आउला तर सजकताका लागि हेल्थ डेस्क स्थापना गरीएको हो । कोरोनाको लक्षण देखीएमा १४ दिन सम्म आईसोलेसन कक्षामा राख्नु पर्ने डा .हरुको भनाईको आधारमा प्राय जसो बाहिय मुलुक वाट आउने ब्यक्तिहरु चेकजाच गर्न ननमान्ने र १४ दिन सम्म कोरीन टाईनमा बस्न न मान्ने भएकाले अझै निगरानी बढाउनका लागि तार–उतार सेवा सेवा पनि बन्द गरीने परशुराम नगरपालिकाले जानकारी दिएको छ ।
तयसै गरी नगर प्रमुख, वडा.न. ५ का अध्यक्ष मिन बहादुर चन्द, वडा.न ६ का अध्यक्ष खगेन्द्र बहादुर सिंह , समाजीक अगुवा कैलास कुमार पाण्डेय, पत्रकार, वडा सचिव सहितको टोलीले उक्त हेल्थ डेसक सथापना भएका सिसम जाला र परशुराम तार उतार क्षेत्रमा अनुगमन गरेको हो । तयसैगरी उक्त टोलीले परशुराम धाममा र्निमाणधिन स्नान घाट संगै अन्य बिकास र्निमाणहरुको समेत अनुगमन गरेको वडा.अध्यक्ष मिन बहादुर चन्दले जानकारी दिनु भएको छ ।
एक्कासी आज बिहानको पानी संगै असिनाकाकारण सदुरपश्चिम प्रदेशका बिभिन्न पहाडी जिल्लाहरुकको पाक्नै लागेको गहुबाली, मसुरो र तोरीमा क्षती भएको छ । यता परशुराम नगरपालिका का अधिकान्स लेक क्षेत्रका पहाडी वडा र बेसीका तराई वडाहरुमा समेत असिनाले क्षती पुगाएको छ । परशुराम नगरपालिका वडा.न ११ मा पाक्नै लागेको तोरी ,मसुरो, गहुवाली, नष्ट भएको वडा.न ११ का वडा अध्यक्ष मान बहादुर महराले जानकारी दिनु भएको छ । यसै गरी वडा.न ८ मा पनि असिनाले क्षती पुगाएको वडा.न ८ का अध्यक्ष गोबिन्द सिंह् बोहराले जानकार दिनु भएको छ । वडा.न. ६ कुणा,चन्दनी,तातापानी , छेला संगै वडा.न ७ को सादनी लागयत आसपासमा लगाएको गहुवाली बर्षा र असिनाले क्षती भएको वडा.न ६ का स्थानीय बलदेब नाथले जानकारी दिनु भएको छ ।
