ललिता साउँद
आलिताल,डडेल्धुरा फागुन –१७
नेपाल शिक्षक संघ आलितालको दोस्रो स्थानीय प्रतिनिधी सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ आलिताल गाउँ कार्य समितीका अध्यक्ष दान बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा कांग्रेस डडेल्धुराका सभापती कर्ण बहादुर मल्लले समाजको ऐना शिक्षकलाई धेरै पिडा रहेको दुखेसो उदारहण सुनाउनु भएको छ । हरेक क्षेत्रको दोशारोपण शिक्षक गुरुहरुमाथि हुने भएकाले शिक्षक गुरुहरुको पेशागत हकहित र उनीहरुको सुरक्षाको ग्यारन्टीका लागि सरकारले ब्यवास्था गरी रहेको आरोप लगाउनु भएको छ । १० बर्षे जनयुद्व ताका मुखय निशाना शिक्षक र बिद्यालय भएकाले नेपालमा संबिधान जारी भई संघियतामा समेत शिक्षक गुरुहरुको कुण्ठा अझै यथावत रहेको उनले औल्याउनु भएको छ ।
सरकारले ठोस निती ल्याएर शिक्षक, शिक्षा क्षेत्रलाई शान्तीक्षेत्र घोषणा गर्न न सकेको आरोप मल्लले लगाउनु भएको छ । कार्यक्रमका बिशिष्ठ अतिथी आलिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले आफु पनि पुर्व शिक्षक रहेकाले शिक्षकका दुःख,कष्ट, पिर मार्का नजिकवाट बुझेकोमा मर्यादित शिक्षक पेशामा शिक्षकलाई अडिक रहन आग्रह गर्नु भएको छ । नेता राजनेता , देखी , डाक्टर , ईन्जीनीयर , ओभरसियर , वकील पत्रकार आदि जो जुन जहा छन, सबै उत्पादन गर्ने उनीहरुलाई दिशा निर्देश गर्ने मुख्य थलो बिद्यालय र शिक्षक भएकाले शिक्षा क्षेत्र र शिक्षकको मान मर्यादामाथि आच आउने गतिबधिीमा कोही कशैले कुचेष्टा नगर्न गुरुङले आग्रह गर्नु भएको छ । शिक्षण पेषामा बिगत झै आज पनि तमानौ चुनौतिहरु रहेकोमा यस तर्फ सरकारले ध्यान दिनु पर्ने नेपाल शिक्षक संघ शुदुरपश्चिम प्रदेश सदस्य राजेन्द्र सिह साउँदले बताउनु भएको छ । कार्यक्रमका बिशिष्ठ अतिथी समेत रहेका साउँदले अन्य कर्मचारीहरुको झै शिक्षण पेशा र शिक्षकहरुको बढोततरी नहुने दुखेसो पोखनु भएको छ । “प्रहरी सिपाईमा भर्ना हुने ब्यक्तिको पदोन्नती भई माथिल्लो पोष्ट मा पुगी निबृत हुन्छन तर शिक्षकको ग्रेड , फसट,क्लास सेकेण्ड क्लास, तह मात्र हुने तितोसत्उ उदारहण समेत प्रष्ट्याउनु भएको छ ”
सभाको अवसरमा लामो समय देखी शिक्षण पेशामा आवद्व शिक्षक हरुलाई सम्मान र नयाँ शिक्षकहरुलाई संघको सदस्यता समेत प्रदान गरीएको प्रदेश सदस्य राजेन्द्र सिंह साउँदले जानकारी दिनु भएको छ ।
