रितु भट्ट
जोगबुडा, फागुन १२ गते
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको छैटौं नगरसभा उद्घाटन भएको छ । परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदको अध्यक्षतामा छैटौं नगरसभा तथा हिउदे अधिबेसन उद्घाटन भएको हो ।
छैटौं नगरसभामा सभाध्यक्ष तथा परशुराम नगरपालिकका नगर प्रमुख भिम बहादुर साउँद र उप–प्रमुख कलावती देबी बोहराले पानशमा बत्ति वालेर नगरसभा उद्घाटन गनु भएको हो ।
शिद्वाथानमा रहेको परशुराम नगरपालिकाको नयाँ भवनको सभाहलमा नगरसभा उद्घाटन भएको हो ।
नगरसभामा कृषि तथा पशुपालन, ब्यबस्था प्रवर्धन बिध्येक २०७६ , सहकारी ऐन २०७४ संसोधन गरी २०७६ , वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी बनेको बिध्येक २०७६ र बिद्यालय शिक्षा ,व्यबस्थापन बिध्येक २०७६ सभामा प्रस्ताव गरीएको नगरपालिकाका कानुन अधिकृत गोबिन्द राज जोशीले जानकारी दिनु भएको छ । सभा जारी रहेको उनले जानकारी दिनु भएको छ ।
