पदम जोरा ,डडेल्धुरा
नेपाल भ्रमणबर्ष २०२० लाई लक्षित गरी बझाङ जिल्लाको बुङगल नगरपालिका वडा नं. ५ मा रहेको त्रीबेणी घाँटमा धार्मीकयज्ञ एबम् महोत्सव सुरु भएको छ । बुङगल नगरपालिकाको आयोजनामा त्रिबेणी घाटमा बाईसधारा सप्ताहज्ञान महायज्ञ संचालन भएको छ । फागुन ९ गते बुङगल नगरपालिकाका नगर–प्रमुख धन बहादुर बिष्टको प्रमुख आतिथ्यतामा यज्ञ उद्घाटन भएको हो । पछिल्लो समय धर्म, सस्कृति, भेषभुषा, सनातन हिन्दु संस्कार प्रति जनमानसाको आस्था घट्दै गएकाले आम जनमानसमा धार्मीक शहिष्णुता कायम गर्न जरुरी ठानी सप्ताहज्ञान महायज्ञ आयोजना गरीएको बुङगल नगरपालिकाका नगर प्रमुख धन बहादुर बिष्टले बताउनु भएको छ । स्कन्द पुराणको १८ औं अध्यायमा गोदावरी, गंगा ,जमुना, जस्ता नदी भन्दा कलावती र सानी नदी बिचको त्रिबेण्ीघाट १ रति माथि रहेको उल्लेख भएकाले कुनै पनि तिर्थमा पार न भएका पित्रिहरुका लागि पुण्य तिर्थ बाइसधारा रहेको उनले बताए । यस घाटमा धार्मीक आस्थाको पित्रीओडार छ , १ राती यस ओडारमा कृया बसेर पित्रीहरुको हिन्दु संस्कार अनुसार श्राद्व गरेमा मोक्ष पाईने धार्मीक जनबिश्वास समेत धार्मीक ग्रनथमा उल्लेख छ ।
जनमानसमा धार्मीक आस्था जगाई बुङगल क्षेत्रको बाईसधारा र अन्य बड्ज्यिावन, मिनीखप्तडखोल्लेक, आदि धार्मीक ऐतिहासिक पुरात्वव्तीक , सम्पदालाई राष्ट्र र अन्तराष्ट्रमा चिनाउन धार्मीक महोत्सव आयोजना गरीएको नगर–प्रमुख बिष्टले बताए । बाईधारा तथा त्रिबेणी घाटको महत्व झल्काउन स्थानीय तथा राष्ट्रिय एफ.एम.रेडियो , टेलीभीजन, पत्रपत्रिकामा यस धामको महत्ववारे बर्णन ब्याख्या विश्लेशण भई रहेको उनले बताए । कथा वाचक कृपाचार्य अवस्थीको मुखार विन्दवाट कथा प्रवचन भई रहकाले कथा श्रवण गर्ने श्रद्वालु भक्तजनहरु दैनिक हजारौको संख्यामा रहेको त्रिबेणी घाटमा पुग्ने गरेको उनले बताउनु भएको छ । उक्त सपताहज्ञान महायज्ञ फागुन १६ गते सम्म संचालन हुने र यज्ञमा पाल्नु हुने भक्तजनका लागि शान्ती सुरक्षा, टाढाँवाट आउने भक्तजनहरुका लागि खाना , वासोवासको समेत ब्यबस्थापन गरीएको नगर–प्रमुख धन बहादुर विष्टले जानकारी दिनु भएको छ ।
