“परशुरामधाममा ८६ बर्षिय वृद्ध”

ललिता साउँद
जोगबुडा,फागुन ११ गते

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा.न १ रुपाल घर भएका ८६ बर्षिय राम सिंह ठकुराठी १० बर्ष देखी परशुराम तिर्थको व्यबस्थापनमा जुटी रहेका छन । आफुले प्राप्त गर्ने सामजिक सुरक्षा भत्ता समेत यज्ञ परशुरामका नाममा अक्ष्यकोश स्थापना गरी उनले यस कार्यमा सकृयता देखाएका हुन । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका गोबरैया बस्दै आएका ठकुराठीलाई नपुगेको भने केही होईन । तर परशुराम तिर्थलाई राष्ट्र र अन्तराष्ट्रमा चिनाउनका लागि ठकुराठी घर परिवार छोडी निरन्तर परशुराम धाममा बस्दै आएका छन । २०६६ साल देखी आफु परशुराम धाममा बस्दै आएको उनको भनाई रहेको छ ।

पटक–पटक पूृर्व प्रधानमनत्री शेर बहादुर देउवा , सहितका नेता कार्यकर्ता र शुदुरपश्चिम वासी नेपाली दाजुभाईहरुलाई हार गुहार गरी ठूलो रकम ब्यबस्थापन गरी सकेको उनले बताए । परशुराम क्षेत्रको प्रचार–प्रसारका लागि पूव प्रधानमन्त्री शेर बहादुर देउवा वाट पनि साकारात्मक सन्देश आएकोमा हाल परशुरामधाममा करौडौको बजेट उनकै तागतले आएको उनले जनाए । गत बर्ष मात्रै परशुराम नगरपालिकाका मेयर भिम बहादुर साउँदको पहलमा धार्मीक महा महोत्सब संचालन भई सम्पन्न भयो त्यहा व्यवस्थापकिय पक्षको कमजोरीका करण केही घाटा भयो फेरी पनि केन्द्र सरकारको बजेट वाट नयाँ संरचना मा करोडैको बजेट आई सस्कृति बिद्यालय स्तरोन्ती , धर्मशाल, सौचालय, परशुराम भगवानको मुर्ती, चक्रपथ निर्माण भई रहेकोमा आफ्नो उदेश्य पुरा भएको उनले सुनाए । बिकास भई रहेको छ यसको अनुगमन, निरक्षण गर्न जरुरी रहेकाले यसमा सम्बन्धीत वडा, नगरपालिका, क्षेत्र बिकास समितीले चासो देखाउनु पर्ने उनको भनाई रहेको छ । परशुराम ५ परिगाउँमा रहेको परशुरामको तपोभुमी महाकाली नदी किनारमा परापुर्वकालवाट धार्मीक आस्थाको धरोहरका रुपमा रहेको धार्मीक तथा पर्यटकीय क्षेत्र परशुराम तिर्थमा आफ्नै संयोजकत्वमा दैनिक साझ बिहान परशुरामको नाम संकृतन हुने गरेको ठकुराठीको सुनाए । बजेट आउछ ,तर सही ठाउमा सदुपयोग गर्ने मान्छेको आवश्यकता रहेको उनले गुनासो गरे

आफु यज्ञ ब्यबस्थापन समितीको अध्यक्ष भएको १० बर्ष पुगि सक्दा र्पुव अध्यक्ष कैलाश कुमार पाण्डेयका पालामा परशुराम क्षेत्र बिकास समितीको भवन र्निमाण भएको र आफुले पनि पारीवारीक र ब्यक्तिगत गरी करीब ३ लाख रकम अध्यकोष परशुराम यज्ञ ब्यब्स्थापन समितीमा जाम्मा गरेको उक्त ब्याज वाट १ जना पालेको ब्यबस्थापन गर्न सके अझै परशुरामको महिमा झल्कने उनको भनाई रहेको छ । यहा मान्छे छन , पर्यटक आउछन तर दिहा निर्देश गरीदीने, सरसफाई गरी दिने , १ गाई पालनको ब्यबस्था भएमा भक्तजन बिबाह ,ब्रतबन्ध गर्न आउने हरुका लागि पनि सहज हुने उनको भनाई रहेको छ । पर्यटन बर्ष २०२० मा आजका दिन सम्म करीब हजारौको संख्यामा आन्तरीक र बाह्यि पर्यटक हरु परशुराम तिर्थमा पुगे तर उनीहरुलाई स्वागत उनीहरुको ब्यबस्थापन सत्कार , गाईडलाईन आफुहरुले गर्न न सकेकोमा उनले चिन्ता ब्यक्त गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.