“महिलाको आकर्षण सिलाई,कटाई ”

पदम जोरा जोगबुडा ,डडेल्धुरा

कुनै समय सिमित जाति र ब्यक्तीको मात्र पेषा रहेको सिलाई कटाई पेशा पछिल्लो समय निकै फस्टाउदै गएको छ । २१औं सताव्दीको बैज्ञानिकयुज्ञ संगै सिलाई कटाई व्यवसाय पनि फराकिलो बन्दै गई रहेको छ । पछिल्लो समयमा पुरुष भन्दा बढी सिलाई कटाई सिक्नमा महिलाको संख्या बढ्दोक्रममा रहेको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले महिला शशक्तिकरण महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने गरेका कारण महिलाको क्षमतामा बिकास भएको बताउछिन ग्राममिण महिला बिकास तथा एकता केन्द्र रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्का । राजनैतिक, सामाजिक, शैक्षीक,विकासमा महिलाको प्रतिनिधित्व भएको उनको भनाई रहेको छ । संघियताको सुनौलो पक्ष महिलाको क्षममता र दक्षता हो भन्छन, परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद । सिलाई कटाई क्षमता बिकास हो , सोही अनरुप महिलाको मागमा आधारित सेवा आफ्नो वडाले दिई रहेको परशुराम नगरपालिका वडा.न. ८ का अध्यक्ष गोबिन्द बोहरा बताए ।

परशुराम नगरपालिकाकाले महिला सिप आयर्आजन संगै क्षमता बिकासमा टेवा पुगाइ रहेको बोहराको भनाई छ । १२ वटै वडामा महिलाका कार्यक्तम बृहत्तर रुपमा छन तर अझै उनीहरु सेवा लिन पाई रहेका छैनन । महिलाहरुको थोरै भए पनि रोजगारी संग जोड्न यि यस्ता तालिम,सिप, क्षमता, जरुरी ठानी वडा र नगरवाट महिला लक्षित बजेटमा महिलालाई प्राथमिकतामा राखीएको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदको भनाई रहेको छ । परशुराम नगरपालिका वडा न. ८ को आर्थिक सहयोगमा बिद्यालय छोडी घरमा बसेका ,किशोरी,महिलाहरुको सिपबिकास गरी आयआर्जन संग जोड्न तालिमको आयोजना गरीएको वडा.न ८ का अध्यक्ष गोबिन्द सिह बोहराले जानकारी दिए । वडा कार्यालयको ४ लाख महिला तथा युवा लक्षित बजेटवाट उनीहरुको सिप बिकास गर्न तालिम सञ्चालन गरेको उनको भनाई रहेको छ । ३ महिना सम्म छुट्टा÷छुट्टै समुहमा सिलाई कटाई सिकाईने बोहराले जानकारी दिए गाउँमा सिलाई कटाई मेसीन समेत उत्कृष्टताका आधारमा वितरण गरीने बोहराको भनाई रहेको छ । प्राथमिकताको आधारमा वडा भरीका करिब ३० जनाले सिलाई,कटाइ सिप पाउने आयोजक संस्था प्रगतिशिल ग्रमिण विकास केन्द जोगबुडाले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.