परशुराम सास्कृतिक महोत्सव उद्घाटन

पदम जोरा ,जोगबुडा फागुन ९ गते

उद्योग वाण्ज्यि संघ जोगबुडाको आयोजनामा कृषि, वन , पर्यटन , उद्योग व्यपार तथा परशुराम सास्कृतिक महोत्सव उद्घाटन भएको छ । उद्योग बाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराको अध्यक्षता तथा शुदुरपश्चिम प्रदेशका भौतिक पूृर्वाधार विकास मन्त्री पठान सिंह बोहराको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन भएको हो । उद्घाटन सत्रका बिशिष्ट अतिथीमा शुदुरपश्चिम प्रदेशका सांसद कर्ण बहादुर मल्ल , प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेका सचेतक गोबिन्दराज बोहरा , जिल्ला समुन्वय समिती डडेल्धुराका संयोजक गणेशराज भट्ट , संबिधानसभा सदस्य नरभान कामी ,र्पूव जि.वि.स.सभापति रघुवर भट्ट, परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद रहनु भएको थियो ।

महोत्सव यहि १६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । डडेल्धुराको भित्रीमधेश क्षेत्रको कला,संस्कृति,भेषभुषा,संगै यस क्षेत्रको ब्यपार प्रवर्धन ,धार्मीक पर्यटकीय क्षेत्र परशुरामधाम र अन्य धार्मीक,पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रशार गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरीएको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताउनु भएको छ ।

महोत्सवको मुख्य प्रायोजक परशुराम नगरपालिका रहेको छ । महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथी भौतिक पूर्वाधार बिकास मन्त्री पठान सिंह बोहराले परशुराम नगरी पर्यटन, धार्मीक, ऐतिहासिक ,सास्कृतिक नगरी रहेकाले यसको प्रचार प्रसार गर्न प्रदेश सरकार आतुर रहेको बताउनु भएको छ । राजनैतिक बिचारवाट माथि उठेर यस क्षेत्रको बिकासका लागि सबै एक्यबद्व हुनु पर्ने बेला आएको बोहराले बताउनु भएको छ ।


परशुराम रंग मैदानमा महोत्सव उद्घाटन भएको हो । महोत्सवमा ७ दिन सम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा सास्कृतिक प्रस्तुती ,चर्खा , वालउद्यान, ब्यपार प्रदशर्नी, प्रस्तुत  गरीने  आयोजकले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.