पदम जोरा जोगबुडा फागुन ७ गते ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका १३ वटा सामुदायिक बिद्यालयका छात्र÷छात्राहरुलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामग्री सहित झोला वितरण गरीएको छ । चाईना फाउण्डेसन ,सुनौलो नेपालको आर्थिक सहयोग तथा बरिष्ठ समाजसेबी एबम् काग्रेस नेत्री डा.अरजु राणा देउवाको पहलमा उक्त झोला वितरण गरीएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिनु भएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक काठमाण्डौ आयोजनमा देशैभर र रुडुक डडेल्धुराको अयेजानमा जिल्लाका ७ वटै स्थानीय तहमा शैक्षिक सामग्री वितरण कार्यक्रम जारी रहेको खड्काले जानकारी दिईन । डडेल्धुरा जिल्लाका ९१ वटा सामुदायिक बिद्यालय र भित्रीमधेष क्षेत्रको परशुराम नगरपालिका १३ वटा सामुदायिक बिद्यालय उक्त शैक्षिक सामग्री वितरण गरीएको उनले जानकारी दिईन ।
रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जको तेस्रो बार्षिकोत्सव समारोह तथा चौथो साधारसभा लाई लक्षित गरी सोही कार्यक्रममा परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद र उप प्रमुख कलावती देबी बोहराले उक्त सामग्री बिद्यालयका प्रधानाध्यापक र बिदाथीहरुलाई हस्तान्तरण गरेका थिए । पछिल्लो समयमा सामुदायिक बिद्यालयमा बालबालिकाहरुको भनर्जा दरमा कमी आई रहेको परिपेक्षमा उनीहरुलाई बिदालय आउने बानीको बिकास संगै गरिब,जेहेन्दार, अनाथ, टुहुरा, बालबालीकालाई शैक्षिक सामग्री सहित झोला तिरण गरीएको उनको भनाई रहेको छ ।
