पदम जोरा
डडेल्धुरा
बिश्वखाद्य कार्यक्रम युएसडिएको आर्थिक सहयोगमा वालबालिकाहरुका लागि बिद्यालय दिवाखाजा संचालन तथा व्यबस्थापन सम्बन्धी १ दिने तालिम जोगबुडामा सम्पन्न भएको छ । परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदको संयोजकत्वमा तालिम उद्घाटन भएको हो । उक्त तालिम सामुदायिक बिद्यालयका प्रधानाध्यापक , बिद्यालय कर्मचारी र वि.व्य.स.अध्यक्ष हरुको सहभागितामा तालिम सम्पन्न भएको छ । वालबालिकाहरुको बौद्धिक बिकास संगै बिद्यालयमा नानीबाबुहरुलाई बिद्यालयमा टिकाई राख्नका लागि विगत लमो समय देखी दिवा खाजा संचालनमा आएको थियो । देशमा संघियता पश्चात स्थानीय सरकारलाई फरक शैलिमा दिवाखाजा संचालनमा रहेको बिश्व खाद्य कार्यक्रम डडेल्धुराका संयोजक शिक्षा उपाध्याले जानकारी दिनु भएको छ । नानीबाबुहरुकोे बौद्धिक बिकास जती हुनु पर्ने हो त्यति न भएकाले अहिले पोषण युक्त खाजा संचालनमा ल्याइएको उपाध्यायले बताईन ।
डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तहमा संचालनमा रहेको दिवा खाजालाई कसरी ब्यबस्थापन र संचालनमा ल्याउने वारे तालिम दिईको हो । पौष्टीकका तवरले नानीबाबुका लागि क्राईटएरिया तोकीएको सुचाङक मा दिवाखाजा ब्यबस्थापन गर्र्न पर्ने उनको भनाई रहेको छ । बिगतको भन्दा धेरै फरक तरिकाले नानीबाबुहरुलाई स्वचछ सफा, गरी हप्ताका ६ दिन नै फरक –फरक परिकारमा खाजा पकाउनु पर्ने भएकाले कठीनाई छ त्यसकारण ब्यबस्थापनकालागी तालिमको आयोजना गरीएको उनले बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले शैक्षिक गुणस्तर पनि पोषण स्वास्थ्य संग जोडीएकाले यसमा सबै पक्षले सकृताका जरुरी रहेको औल्याउन् भएको छ ।
