नेपाल रेडक्रस सोसाइटी केन्द्रीय अध्यक्ष पदका लागि सुरेन्द्र ऐरको चर्चा

पदम जोरा


बिगत दुई दशक देखि रेडक्रस सोसाइटीका विभिन्न तहमा सक्रिय ऐर रेडक्रसकर्मीहरु समक्ष एक सच्चा रेडक्रसकर्मी छबी बनाएका ऐरले सबैका माझ लोकप्रिय भएको कारण पनि उनको अध्यक्षमा बलियो संभावना भएको ति केन्द्रिय सदस्यको दावी छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समितिको अध्यक्ष पदका लागि सुरेन्द्र ऐरको चर्चा चुलिएको छ । आगामी फाल्गुन २१ देखी २३ सम्म हुन गईरहेको केन्द्रीय अधिवेशनमा उनले अध्यक्षमा उमेद्वारी दिने तयारीमा रहेको उनी निकट एक केन्द्रिय सदस्यले बताए । यस अघि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष र कार्य बाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका ऐर हाल केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् ।

बिगत दुई दशक देखि रेडक्रस सोसाइटीका विभिन्न तहमा सक्रिय ऐर रेडक्रसकर्मीहरु समक्ष एक सच्चा रेडक्रसकर्मी छबी बनाएका ऐरले सबैका माझ लोकप्रिय भएको कारण पनि उनको अध्यक्षमा बलियो संभावना भएको ति केन्द्रिय सदस्यको दावी छ । ऐर आफै पनि अधिकांस रेडक्रसकर्मीले स्वभाविक आफ्नो साथ र सहयोगको अपेक्षा गरेकोले बलियो भूमिका खोज्दै आएको बताउँदै आएका छन् ।
अधिवेशन नजिकिदै गर्दा रेडक्रस भित्र पछिल्लो समय व्याप्त आन्तरीक विवाद र कानुनी जटिलता रहेको र सहमतिका माध्यम बाट सबै समस्याको सामाधान गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिनु बाहेक नेपाल रेडक्रस सोसाइटीको व्यबस्थापन पक्षसंग अन्य कुनै बिकल्प नरहेको रेडक्रसकर्मी बताउँछन ।

bb

Leave A Reply

Your email address will not be published.