परशुराम नगरपालिकावाट जनमैत्री सेवा दिन्छौं : अधिकृत पनेरु

पदम जोरा जोगबुडा माघ –२७

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले नगरपालिकाले जनमैत्री सेवा दिई रहेको बताउनु भएको छ ।

रेडियो परशुराम एफ.एम. र गाउँघरन्यूज मार्फत जनताका प्रतक्ष सरोकारका सेवा लाई प्राथमिकताका साथ जनमैत्री सेवा दिदै समृद्ध नगरपालिका बनाउने अभियान थालेको पनेरुले बताउनु भएको छ । वडा, गाउँ टोल बस्तीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई गाउँमै सेवा दिने उद्धेश्यका साथ अपाङ्गता परिचयपत्र वितरण सिबीर संचालन गरेको पनेरुले बताउनु भएको छ ।

विगतमा जिल्ला शदरमुकाम धाउनु पर्ने, समस्या थियो अपाङ्गता भएका ब्यक्तिहरुका लागि अहिले जनमैत्री सेवा  दिएको उनले भनाई छ । उक्त सिबीरवाट नगरभित्रका क–ख–ग–घ बर्गका गरी करिब १५० जना जती सेवाग्राहिले सेवा लिएकोमा, अझै दुरदराज वस्तीमा सबै नगरको सरकारी सेवा, सुबीधा पुगाउन सके जनतालाई नगरवासि भएको अनुभूति हुने र शिंह दरवार गाउँमा पुगेको आभास हुने उनले वताए । जनताहरुको मनोभावना बुझ्दा जनता भौतिक विकास भन्दा पनि आर्थिकसमृद्धि, चेतना,क्ष्मताअभिबृद्धि, रोजगारी, प्रबिधी संग जोडीने ऐतिहासिक , नमुना र गौरवका सेवा सुबिधा दिन जरुरी रहेको उनको भनाई रहेकोछ । आफुले पनि सबै सरोकारवालाहरु बिच सहकार्य र छलफल गरी गाउँ बस्तीमा जनताको मागमा आधारीत सेवा गाउँमै दिने उद्धेस्यले एकीकृत घुम्ती सिबीर संचालन गर्ने तयारी गरी रहेको र विगतको शैलिलाई केही परिर्माजीत गरी आउदो नगरसभाको नयाँ निती कार्यबीधीलाई टेकेर बिषयगत साखा र समग्र नगरपालिकाको सेवा गुणस्तरीय, द्रुरुस्त पार्न प्रतिबद्ध रहेको उनले बताए । सोही अनरुप अगाडी बढ्न सके सबैको साथ सहयोग पाएमा जनमैत्री सेवा दिन सकिने उनले बताए ।

परशुरामका ऋषिले तप गरेको देब भुमी परशुराम नगरपालिकाको सेवा जनमैत्री बनाउन नगर–प्रमुख , उप–प्रमुख १२ वटै वडाका वडा अध्यक्ष आतुर छन । सम्भव भए १ पटक नयाँ ऐतिहासिक बिकास भएका स्थानीय तहको अवलोकन गर्न पाएमा अझै जनमैत्री र जनुमखी सेवामा वल पुग्ने पनेरुले थपेका छन । ठूलो भूभोल छ ? विकट बस्ती छन ? कर्मचारी अभाव छ ? फेरी पनि जनताको मागमा आधारीत सेवालाई टोलबस्तीमै दिन सकिन्छ बिषयगत साखा बिच बृहत छलफल गरी अगाडी बड्ने उनले जानकारी दिएका छन ।

bb

Leave A Reply

Your email address will not be published.