वालवालीकाको पहिलो पाठशाला घर र गुरु आमा हुन : मन्त्री बोहरा

पदम जोरा जोगबुडा माघ–२६


शुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहराले वालवालिकाको पहिलो पाठाशाला घर र अनौपचारीक पहिलो गुरु आमा भएको बताउनु भएको छ । शैलेश्वरी माद्यमिक बिद्यालय परशुराम १२ तुलाभाडीले आयोजना गरेको ३२औं बार्षिकोत्सब तथा अभिवाबक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले “शिक्षक र विद्यालय औपचारीक माध्यम हुन । गुरु आमा–बुवा अभिवाबक र पहिलो पाठशाला घर भएकाले घर परिवार अभिवाबक चेतनशिल भएमा नानिबाबहरुको भविश्य उज्वल हुने बताउनु भएको छ । वालवालिका काचोमाटो हुन । आमा वुवा र गुरु कुमाले हुन । कुमालेले जस्तो आकार दियो त्यस्तै भाडो र्निमाण हुने तर्क राख्दै  मन्त्री बोहराले हाम्रो संस्कार, परम्परा ,धर्म , संस्कृति नैतिकशिक्षा ,घर परिवार आमा वुवा र अभिवाबकवाट वालवालीकाले सिक्न भएकाले यस तर्फ सबै सजक हुन निर्देशन दिनु भएको छ ”

विद्यालय र गुरु भनेका बाटो देखाउने गाईडलाईन हुन मेहनत अभिवाबक र वालबालिकामा भर पर्दछ  बोहराले थपेका छन । अभिवाबक चेतनशिल भएमा बालवालिकालाई कस्तो वाटो तिर लाउने, वालकको मनोभावना के छ ? यि कुरामा ध्यान दिने हो भने सामुदायिक बिद्यालयको शैक्षिक सुधार हुने बताउनु भएको छ । आफ्ना नानिबाबुहरुालाई कस्तो ? के ? बनाउने डाक्टर वकिल, ईन्जीनीयर, पाईलट आदि सबै जिम्मेवारी अभिवाबकको काधमा रहेको बोहराले औल्याउनु भएको छ । सरकारले सरकारी कर्मचारी र जनप्रतीनिधीका बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना गर्नै पर्ने र्निणय स्वागत योग्य भएकोमा यसलाई ब्यभारमा उतार्न जरुरी रहेको समेत दाबि गरेकाछन । बिद्यालय ब्यस्थापन समिती अध्यक्ष गोपाल गाहामगरको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथी शुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहरा रहनु भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.