पदम जोरा जोगबुडा माघ–२६
डडेल्धुराको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर सााउँदको ब्यक्तिगत सहयोगमा बिद्यालयमा स्थापना गरीएको अक्ष्यकोशको ब्याज रकमवाट बिद्यार्थीलाई पोषाक बितरण गरीएको छ । परशुराम १२ तुलाभाडी स्थित शैलेश्वरी माद्यमिक बिद्यालयमा नगर प्रमुख साउँदले गतबर्ष ने १ लाखको अक्ष्यकोश स्थापना गरेका थिए ।
बिद्यालयले आफ्नो ३२औ बार्षिकोत्सब तथा अभिवाबक दिवसको अवसरमा बिद्यार्थीलाई पोषाक बितरण गरेको हो । विद्यालयमा अध्ययनरत जेहेन्दार , अतिबिपन्न, अनाथ र टुहुरा विद्यार्थीलाई प्रोत्साहन स्वरुप समावेशी आधारमा बिद्यालयको र्निणय अनुसार छात्रबृति प्रदान गर्ने निर्देशन अनुसार पोशाक वितरण गरीएको प्रधानाध्यापक नरेश बहादुर बिष्टले बताउनु भएको छ । सुदुरपश्चिम प्रदेशका भौतिक तथा पूृर्वाधार बिकास मन्त्री पठान सिह बोहराको प्रमुख अतिथ्यतामा ३२औं बार्षिकोत्सव समारोहको अवसरमा पोषाक बितरण गरीएको विष्टले जानकारी दिए । पोषाक बितरण गर्दै मन्त्री बोहराले परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदको शैक्षिक बिकासको उदाहरणिय कार्यको उच्च प्रशंसा गरेका छन । पोसाक बुझ्ने छात्र/छात्रा उपस्थित अभिवाबकहरुले नगर–प्रमुख साउँदको स्वागतयोग्य कार्य रहेको भन्दै धन्यावाद दिएका थिए । बिद्यालय ब्यस्थापन समिती अध्यक्ष गोपाल गाहामगरको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथी शुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहरा रहनु भएको थियो । बिशिष्ठ अतिथीमा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)काजिल्ला कमिटी सचिवालय सदस्य हरि प्रशाद भट्ट , परशुराम नगर कमिटी अध्यक्ष शेर सिह माल रहनु भएको थियो । बार्षिकोत्सव समारोह माघ २५ गते बिद्यालय प्राङगण उद्घाटन भएको थियो । विद्यालयको सर्वाङ्गीण विकासमा भौतिक, आर्थिक, नैतिक सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई दिवसको अवसरमा सम्मान समेत गरेको बिद्यालयले जनाएको छ ।
