परशुराम महोत्सब उद्घाटन पूर्व प्रधानमन्त्री देउवा द्वारा गरिने
परशुराम तिर्थ,लगायत यस क्षेत्रका कला ,संस्कृति, प्रदर्शनी गर्ने ब्यपार मेलाको मुख्य उदेश्य
पदम जोरा माघ २१ जोगबुडा
उद्योग बाणिज्य संघ जोगबुडा डडेल्धुराको आयोजनामा “परशुराम औद्योगिक, ब्यपार ,वन तथा पर्यटन सास्कृतिक महोत्सब सञ्चालन हुने भएको छ । परशुराम नगरपालिकाको आर्थिक सहयोगमा परशुराम महोत्सब आयोजना गरिन लागिएको उद्योग बाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराले जानकारी दिनु भएको छ । नेपाली काङग्रेसका केन्द्रीय सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा २०७६ फागुन ९ गते वाट फागुन १६ गते सम्म परशुराम औद्योगिक, ब्यपार , वन तथा पर्यटन सास्कृतिक महोत्सव सञ्चालन हुने बोहराले जानकारी दिनु भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लक्षित महोत्सबको तयारी तिब्र रुपमा अगाडी बढि रहेको उनले जानकारी दिए । स्टल, टिकट, प्रायोजक ,सह प्रायोजक , प्रचार–प्रसार गरी रहेको उनले जानकारी दिनु भएको छ । फागुन ७ गतेवाट उद्घाटन हुने भनिएको परशुराम महोत्सव , प्राबिधिक समस्याका कारण २०७६ फागुन ९ गते तय गरीएको बोहराले जानकारी दिए । समितीको माघ २१ को निर्णयले फागुन ९ गते महोत्सबको मिती सारेको उनले जानकारी दिए जानकारी दिनु भएको छ ।
घुम्नजाउ परशुराम धार्मीक पुण्यकमाउ नारा लिई भम्रण बर्ष २०२० सुभारम्भ परशुराम धामवाट सुरु गरी कार्यक्रमको निरन्तरता स्वरुप , आन्तरीक तथा बाह्यि पर्यटकलाई धार्मीक नगरी परशुराममा भित्र्याउनका लागि नगरपालिकाको मुख्य प्रायोजनामा महोत्सब सञ्चालन हुने परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताउनु भएको छ । आफु नगर–प्रमुखमा विजयी भएर आए पश्चात धार्मीक नगरी परशुरामको समृद्धिका लागि प्रतिबद्व रहेको उनले बताउनु भएको छ ।
महोत्सबमा स्थानीय, राष्ट्रीय कलाकारहरुको बेजोड सांसकृतिक कार्यक्रम प्रदर्शन गरीने । महोत्सब ब्यवस्थापक तथा गायक भोजराज जोशी (क्वालीटी) ले जानकारी दिनु भएको छ ।
