“समकालिन शैक्षिक अवस्था प्रति नगर प्रमुख साउदँको चिन्ता ”

स्थानीय सरकारले शिक्षामा ठूलो लगानी खर्च गर्दा समेत शैक्षिक सुधार नभएको दाबि

पदम जोरा  माघ २१


परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले साुमदायिक बिद्यालयमा समकालिन शैक्षिक अवस्था प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । सरकारको लागानी अनुसार शैक्षिक सुधार हुन न सकेको बताउदै ,साउदँले स्थानीय सरकारले शिक्षामा ठूलो लगानी खर्च गर्दा समेत शैक्षिक सुधार नभएको दाबि गर्नु भएको छ ।भौतिक पूर्वाधार , नगरशिक्षक ,शिक्षकदरवन्दी, आर्थिक सहयोगमा परशुराम नगरपालिकाले बिशेस पहल गरी रहेको भए पनि सामुदायिक बिद्यालयमा सन्तोसजनक सुधारमा नरहेको उहाँले बताए ।

 

शिद्धनाथ आधारभूत बिद्यालय परशुराम १२ बेत्रानीको २६औं बाषिकोत्सब तथा अभिवाबक दिवस समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख साउदँले परशुराम नगरपालिकाको शैक्षिक सुधार गर्नु हामी सबैको दायित्व भएकाले कसरी ? सुधार ल्याउन सकिन्छ सबैले प्रतिबद्व हुन जरुरी रहेको बताउनु भएको छ । बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायन कामीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथी परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद रहनु भएको थियो । बिशिष्ट अतिथीमा नगर उप—प्रमुख कलावती देबी बोहरा रहनु भएको थियो । बिद्यालयको सर्वपक्षिका बिकासका लागि आफु्ले कुनै कसर बाकी न राख्ने साउँदले बताउनु भएको हो । शैक्षिक सुधारको अभियान स्वरुप साउँदले उक्त विद्यालयमा दिवसको अवसर पारी रु १ लाखको अध्यक्षकोष स्थापना गरेका छन ।

उक्त रकमको ब्याज वाट बार्षिक रुपमा गरिब, जेहन्दार, अनाथ, टुहरा बिद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रीबृति प्रदान गरीने बिद्यालयका प्रधानाध्यापक राम चन्द्र खड्काले जानकारी दिएकाछन । बिद्यालयको बार्षिक प्रतिबेदन ,सास्कृतिक अतिरिक्त क्रियाकलाप ,खेलकुद, र बिद्यालयलाईको सवाङ्गणि विकासका निमिक्त , आर्थिक भौतिक ,नैतिक सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई बार्षिकोत्सव तथा आभिवाबक दिवसको अवसरमा सम्मान समेत गरीएको खड्काले जानकारी दिनु भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.