ग्रीनभ्याली बोर्डिङ स्कुल जोगबुडाको २९औं बार्षिकोत्सब सम्पन्न  

नानीबाबुहरुको उज्वल भबिश्यमा बिद्यालयले अग्रणी भुमीका खेलोस भन्दै बोल्ने बक्ताहरुले सुभकामना

पदम जोरा, माघ २० जोगबुडा


परशुराम नगरपालिका १२ स्थित ग्रीनभ्याली ईङ्गलिस बोर्डिङ स्कुल जोगबुडाको २९औं बार्षिकोत्सव तथा अभिवाबक दिवस सम्पन्न भएकोछ । बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गणेश प्रशाद जोशीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदको प्रमुख आतिथ्यतामा एबम् नगर उपप्रमुख कलावती देबी बोहरा र सामाजिक अगुवा कैलाश कुमार पाण्डेयको बिशिष्ट आतिथ्यतामा दिवस सम्पन्न भएको हो ।

बिद्यालयको प्रगतीप्रतिवेदन प्रस्तुत र अन्य अतिरिक्त क्रियाकलापहरु , अन्तरसदनात्मक, हाजिरिजवाफ, बक्क्तित्वकला, सास्कृतिक कार्यक्रम, खेलकुद र मनोरञ्जनात्मक बार्यक्रमकासाथ २९औं बार्षिकोत्सब समारोह सम्पन्न गरीएको बिद्यालयका प्रिन्सीपल लवराज जोशीले बताउनु भएको छ ।२०४७सालमा स्थापना भएको बिद्यालयले २९ बसन्तपार गर्दा सम्म ठूलो संख्यामा परशुराम नगरपालिकाकावाट वालबालिकाहरुलाई शिक्षा दिई सकेकोमा अझै आगामी दिनमा पनि नानीबाबुहरुको उज्वल भबिश्यमा बिद्यालयले अग्रणी भुमीका खेलोस भन्दै बोल्ने बक्ताहरुले सुभकामना ब्यक्त गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बिद्यालयको उत्तरोेत्तर प्रगतीको कामना गर्दै ,,बिद्यालयको सर्वपक्षिय बिकास र नानीबाबुहरुको बाह्यिज्ञान तर्फ जोड दिई  शैक्षिक गुणस्तरमा प्रतिबद्वहुन शिक्षक, ब्यबस्थापकहरुलाई निर्देशन दिनु भएको छ । 

bb

Leave A Reply

Your email address will not be published.