परशुरामका कृषक समुहलाई कृषि औजार टेलर हस्तान्तरण  

परशुराम नगरपालिकाका कृषक समुहलाई ११ थान मिनी टेलर र मिनी पावर टेलर हस्तान्तरण

पदम जोरा,जोगबुडा,माघ —१९

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराको ५० प्रतिशत अनुदानमा परशुराम नगरपालिकाका कृषक समुहलाई ११ थान मिनी टेलर र मिनी पावर टेलर हस्तान्तरण गरीएको छ । सामाजिक बहुउद्धेश्यीय कृषि सहकारी संस्था परशुराम १२ जोगबुडाको सहजीकरणमा औपचारिक कार्यक्रमका विच उक्त औजार हस्तान्तरण गरिएको हो । सहकारी संस्थाका अध्यक्ष गोपा थापाको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदको प्रमुख आतिथ्यता र वडा.न १२ का अध्यक्ष गणेश प्रशाद जोसी, परियोजना प्रशार अधिकृत गंगादत्त अवस्थीको बिशिष्ठ आतिथ्यतामा टेलरहरु वितरण गरीएको संस्थाका सचिव बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

५० प्रतिशत अनुदान पाउने परशुराम नगरपालिकाका चुरे कृषि सहकारी सस्था, द्वारिका कृषि समुह , आमडाली कृषि समुह र सामाजिक बहुउद्धेश्यीय सहकारी संस्था रहेका छन । कृषि साखा जोगबुडाको समुन्वयमा आवश्यक प्रकृयाद्धारा परियोजना डडेल्धुरा सम्म पुगेकाले कृषक समुहलाई अनुदान दिन सफल भएको परियोजना कृषि प्रशार अधिकृत गंगादत्त अवस्थीले जानकारी दिए । ५० प्रतिशत कृषक समुह र ५० प्रतिशत परियोजनाको अनुदानमा टेलर खरिद गरीएको कृषि परशुराम नगरपालिका कृषिसाखा प्रमुख कालु सिह बोहराले जानकारी दिनु भएको छ । परियोजनाले नगरपालिकाका वडा.न.४—५—१२ मा संचालनमा रहको छ । टेलर हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख भिम बहादुर साउँदले जुन रुपमा कृषि क्षेत्रले फड्कोमार्नु पर्ने हो ,जती सरकारको लगानि छ कृषि क्षेत्रमा छ , त्यती परिणमा प्राप्त हुन नसकेको बताए । पछिल्लो समयमा बैदेशीक रोजगारी, ब्यपार तिर जनमानसको रुचि बढेका कारण यो समस्या आएकाले यस तर्फ गमभीर भएर सोच्न जरुरी रहेको उनले बताउनु भएको छ । नगरपालिकावाट पनि गत बिगतका बर्ष झै पशुपालक र खेती किसानी गर्ने कृषकलाई अनुदान, प्राबिधिक सिप दिई सकेको जानकारी दिनु भएको छ । अझ पनि नगरपालिकाले साथ सहयोगमा कमी हुन न दिने उनले बताउनु भएको छ । यो वर्ष मात्रै किभन्न सुचिकृत कृषकहरुलाई ३६ यन्त्रीकरण, ८ वटा साना सिचाई, गहुचुट्ने थ्रेसर ,अनुदानमा आलु, बिभिन्न प्रजातीको गँहुकोबिउ वितरण गरीएको छ ,भने बगरखेती तथा बेमौसमी तरकारी खेती, च्याउखेती गर्ने कृषकहरुका लागि बिउ वितरण गरीएको उहाँले बताउनु भएको छ । कृषिमा आधारित भित्रीमधेषका अधिकान्स कृषकहरुका लागि बिगत देखी नै परियोजनाले बिभिन्न क्षेत्रमा अनुदान दिई रहेको कृषिसाखा प्रमुख कालु सिह बोहराले । 

bb

Leave A Reply

Your email address will not be published.