पदम जोरा (जोगबुडा, १८
परशुराम नगरपालिका स्वास्थ्य साखाको आयोजनामा तथा सु—आहारा डडेल्धुराको प्राबिधीक सहयोगमा बिद्यालय स्वस्थ्य तथा पोषण कार्यक्रम समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदको संयोजकत्वमा समिक्षा उद्घाटन भएको हो । पछिल्लो समयमा बिद्यालयमा अध्ययनरत किशोरीहरुमा रक्तअलपत्ताको समस्या देखीने भएकाले बिद्यालय स्वस्थ्य तथा पोषण कार्यक्रम अन्तरगत समिक्षा गोष्ठी गरीएको स्वास्थ्य साखा प्रमुख तेज बहादुर सिंहले जानकारी दिनु भयो । बिद्यालयमा अध्ययनरत वालबालिकाहरुको स्वास्थ्य परिक्षण, १० बर्ष देखी १९ बर्ष उमेर समुहका किशोरीहरुलाई सु–आहाराको प्राविधिक सहयोगमा आईन चक्की दिईने उनले बताउनु भएको छ ।
६३ सामुदायिक विद्यालयका प्रधानाध्यापक,स्वास्थ्यसाखा ,शिक्षासाखा प्रमुखको सहभागितामा समिक्षा गोष्ठी सम्पन्न भएको हो । समिक्षा गोष्ठीमा बिद्यालय स्वास्थ्य, तथा पोषणको प्रभावकारीता र स्वास्थ्य समस्याका बिषयमा गहन छलफल गरीएको छ । समिक्षाको सहजीकरण सु–आहारा जिल्ला संयोजक धर्म सिह ऐरले गर्नु भएको थियो । समिक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्वोधन गर्दै परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले शिक्षा र स्वास्थ्यको सुधार तिब्र रुपमा गरीने बताउनु भएको छ । सरसफाई स्वास्थ्य संग गोडीएको हुदाँ समाज, गाउँटोल , छिमेकमा सरसफाईको सन्देस फैलाउने मुख्य थलो बिद्यालय, चेतना दिने प्रमुख जिम्मेवारी समाजका ऐना शिक्षक गुरुहरुको रहेकाले यस बिषयमा गम्भीरभएर लाग्न सबैलाई साउँदले आग्रह गर्नु भएको छ ।
शैक्षिक गुणस्तरमा बिद्यालय स्वास्थ्य कार्यक्रमको महत्वपूृर्ण भुमीका रहेकाले नानीबाबुहरु स्वस्थ हुन सके शैक्षिक सुधार सम्भव न हुने साउँदले बताउनु भएको छ । संसार देखाउने शिक्षा , स्वास्थ्य नै नभए संसार देख्न असम्भव छ, साउदले थपे,त्यसकारण शैक्षिक सुधारमा प्रतिबद्ध भई स्वस्थ समाज निर्माणमा हातेमालो गर्न सबैमाझ साउँदले अपिल गर्नु भएको छ । स्वास्थ्य शिक्षा संगै हरेक साकारात्मक कार्यमा नगरपालिका र आफ्नो ब्यक्तिगत तर्फवाट साथ , सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ । स्वास्थ्य साखा संयोजक तेज बहादुर सिहले सञ्चालन गरेको समिक्षा गोष्ठीमा शिक्षा साखा प्रमुख केहर सिह बडैलाले स्वागत मन्तब्य राख्नु भएको थियो । परशुराम नगरपालिकाको नयाँ भवनमा रहेको स्वास्थ्य साखाको साभाहलमा गोष्ठी सम्पन्न भएको हो ।
