“योजना सम्झौता र भुक्तानी वडामै ” जनमुखी सेवा दिदै भागेश्वर गाउँपालिका

सम्झौता र भुक्तानी समेत वडा वाटै दिईने प्रमुख प्रशासकिय अधिकृत हर्श बहादुर रोका

 

पदम जोरा,भागेश्वर डडेल्धुरा

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाले हरेक विकासी योजनाका सम्झौता र भुक्तानी वडा वाटै गर्ने जनमुखी कार्यको सुरुवात गरेको छ ।  जनताको आवत जावत समस्यालाई मध्यनजर गरी हरेक बिकास र्निमाण योजनाहरुका ले जानकारी दिनु भएको छ । विगतको कार्यशैलीलाई अझै जनुमुखी बनाउने र फरक शैलीवाट जनतालाई पारदर्षिता, गुणस्तरीयता , मितब्ययि बनाई आफ्नो गाउँ आफै बनाउ भन्ने चेतनाको बिकास गर्न जरुरी ठानी नयाँ निर्णयको सुरुवात गरेको रोकाले बताए । र्दुगम वडा र बस्तीका जनताहरुको साना देखी ठूला हरेक क्षेत्रक बिकासी योजनाका लागि गाउँपालिका धाई राख्नु पर्ने समस्यामा कमी आएमा गाउँपालिकावाट दिईने सेवा सुबीधा प्रभावकारी हुने ठहर उनले गरे ।

यो भागेश्वर गाउँपालिकाको फरक शैली हो । यस वाट जनतामा पक्कै सहजता र खुसी छाँउछ , माघ १७ गते देखी प्रमुख प्रशासकिय अधिकृत रोकाको नेतृत्वमा गाउँपालिकाको टोली वडा बस्तीमा एकिकृत सेवा दिन खटीएको गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले जानकारी दिईन । गाउँपालिकाले यो अभियान पुर्व ५ वटै वडाका उपभोक्ताहरुलाई तालिम समेत दिई सकेको छ ।

 

 

bb

Leave A Reply

Your email address will not be published.