स्व.थापाको सम्झनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
बर्षमा १ दिन विशेस कार्यक्रम गरी स्व. थापालाई सम्झीने कार्यक्रम निरन्तर जारी
पदम जोरा/ हिक्मत साउँद (जोगबुडा)
स्व.मिन बहादुर थापा फाउण्डेसन परशुराम–१२, जोगबुडाको आयोजनामा माद्ययमिक बिद्यालय स्तरिय खुल्ला हाजीरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ग्रीनभ्याली ईङलीस बोर्डिङ स्कुल जोगबुडाको प्राङगणमा स्व.मिन बहादुर थापा फाउण्डेसनका अध्यक्ष जयराज घिमीरेको अध्यक्षतामा संचालन भएको प्रतियोगितामा प्रमुख अतिथी परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद रहनु भएको थियो । नगर भित्रका करिब १७ संस्थागत र सामुदायिक बिद्यालय सहभागी प्रतियोगितामा बिशिष्ठअतिथी नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) परशुराम नगर ईन्चार्ज हरि प्रशाद भट्ट र परशुराम वडा.न. १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी रहनु भएको थियो । प्रतियोगितामा पहिलो र दोस्रो चरणको प्रतियोगिता उर्तिण गर्दै श्री बैजनाथ माद्यमिक बिद्यालय सलेत्ता पहिलो , श्री ग्रीनभ्याली ईङलीस बोर्डिङ स्कुल, जोगबुडा दोस्रो , श्री भागेश्वर माबि. सलौन तेस्रो र श्री बैजनाथ माबि जमरानीले चौथो स्थान हासिल गरेको आयोजकले जनाएको छ । पहिलो , दोस्रो , तेस्रो र चौथो स्थान हासिल गर्ने बिद्यालयका छात्र/छात्राहरुलाई क्रमसः ११ हजार , ५ हजार ५ सय , ३हजार ५ सय ,१ हजार नगद सहित प्रमाणपत्र प्रदान गरीएको हो ।
स्व.मिन बहादुर थापाको आत्माले शान्ती पाओस भन्दै बिगतका बर्षमा, भलिवल, बक्तीत्वकला प्रतियोगिता संचालन गर्दै आएकोमा यस बर्ष नगर क्षेत्रका बिभिन्न संस्थागत र सामुदायिक बिद्यालयका छात्र /छात्रा भाई बहिनीहरुको किताबी ज्ञान सहित बाह्यि ज्ञानको बिकासका निमित्त माबि स्तरिय हाजीरीजवाफ प्रतियोगिता संचालन गरेको फाउण्डेसनका संरक्षक बिरेन्द्र बहादुर थापाले जानकारी दिए ।
बर्षमा १ दिन पुण्यतिथी विशेस कार्यक्रम गरी स्व. भाईलाई सम्झीने र भाईको आत्माले शान्ती पाओस भनी यस्ता कार्यक्रम निरन्तर जारी रहने स्व.मिन बहादुर थापाका दाजु राजेन्द्र बहादुर थापाले बताए । कोहीले बिद्यालयमा आफ्ना बुवा/आमाको सम्झना स्वरुप अक्षयकोष, मठमन्दीर, पौवा, स्थापना गर्छन , आफुहरुले ब्यक्तिगत लगानीमा भाइकै नाममा फाउण्डेसन संचालन गरी ,,उहालाई सम्झने र उहाको सम्झना सबैको मानस पटलमा पुगाउने उदेश्यका साथ बिबिध ा कार्यक्रम आयोजना गछौ निरन्तर ,गरी रहन्छौ उनले थपेका छन ।
स्व.मिन बहादुर थापाको २०७२ सालमा रोजगारीको क्रममा मलेसीयामा २२ बर्षको अल्पआयुमै निधन भएको थियो परिवार श्रोतले जानकारी दिएको छ ।
