चुरे कृषि सहकारी संस्था जोगबुडाको नवौं साधारणसभा सम्पन्न,
चेतनाअभिबृद्वि, गार्मिसिजनमा अग्नी नियन्त्रण गर्नमा सामुदायक वनहरुको संरक्षण
पदम जोरा (जोगबुडा)डडेल्धुरा
डडेल्धुरा जिल्लाको भित्री मधेशक्षेत्र परशुराम १२ जोगबडा स्थित चुरे कृषि सहकारी संस्था लि.को नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश कुमार पाण्डेयको अयक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य नरभान कामी रहनु भएको थियो । परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुुर साउँदको बिशिष्ठ अथित्यतामा संस्थाको साधारणसभा जोगबुडा स्थित डंसेरा सा.व.को हलमा सम्पन्न भएको हो । कार्यक्रममा उद्घाटन समारोहमा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष निर्मला साउँदले राख्नु भएको थियो ,भने सांगठनिक प्रतिवेदन संस्थाका सचिव हिरानन्द भट्टले प्रस्तुत गरि साधारण सभा सम्पन्न भएको अध्यक्ष कैलाश कुमार पाण्डेयले जानकारी दिए । कृषि सहकारी संस्थामा हाल सम्म ३० कृषक समुह र ८३३ शेयर सदस्य आवद्ध रहेका छन , बाषिर्क आर्थिक कारोवार २६ लाख ४५ हजार ६ सय २१ रुपैया रहेको संस्थाका कोषाध्यक्ष निर्मला साउँदले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संविधान सभा सदस्य नरभान कामीले संस्थाले चुरे संरक्षण संगै यस क्षेत्रका कृषकहरुको जिवीकोपार्जन र हरियोवन कार्यक्रमको सहकार्यमा ,अमिलोरोपण, खहरेखोला प्राभावित क्षेत्रको नियन्त्रणका लागि अधिकान्स वडा र समुदायहरुमा तटबन्ध , बृक्षारोपण गरी आलिताल र परशुराम क्षेत्रमा सामाजिक उत्तरदायित्वको काम गरी रहेकोमा संस्थाको प्रगतीको कामना गर्नु भएको हो । विशिष्ठ अतिथी परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले नगरपालिकाको सहयात्री भएर नगर क्षेत्र र आलिताल गाउँपालिकाका अधिकान्स समुदाय टोल ,बस्तीमा कृषकसमुह गठन गरी चुरेसंरक्षण, बृक्षारोपण,कृषकहरुको आर्थिकबृद्धि र , चोरी सिकारी पैठारी नियन्त्रणमा महत्वर्पूण भुमीका खेलेको संस्थाले अतुलनिय सहयोग गरेकोमा अझै आगामी दिनमा नगरपालिका संग साझेदारी सहकार्यमा यि यस्ता कृयाकलापमा वल पुगाउने आसा सहित संस्थाको प्रगतीका लागि आफु पनि पहल गर्ने बताउनु भएको छ । संस्थाले बिगत लामो समय देखी भित्री मधेशक्षेत्रमा सामाजिक उत्तरदायित्व चेतना अभिबृद्धिको क्षेत्रमा काम गरी रहेको छ ।
