परशुराम औद्योगिक ब्यपार ,पर्यटन सास्कृतिक महोत्सबको तयारी तिब्र : अध्यक्ष बोहरा

भ्रमण बर्ष २०२० लक्षित महोत्सबको तयारी तिब्र

पदम जोरा (जोगबुडा)डडेल्धुरा माघ १०


उद्योग बाणिज्य संघ जोगबुडा डडेल्धुराको आयोजनामा “परशुराम औद्योगिक, ब्यपार ,पर्यटन सास्कृतिक महोत्सब सञ्चालन हुने भएको छ । परशुराम नगरपालिकाको आर्थिक सहयोग महोत्सब आयोजना गरीने उद्योग बाणिज्य संघ जोगबुडाका अधयक्ष जनक बोहराले जानकारी दिनु भएको छ । २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी नेपाल भ्रमण बर्ष २०२० लक्षित महोत्सबको तयारी तिब्र पारीएको बोहराले जानकारी दिए । भम्रण बर्ष २०२० सुभारम्भ परशुराम धामवाट सुरु गरी सोही कार्यक्रमको निरन्तरता दिदै नगरले कला संस्कृति, भेषभुषा, उद्योग, ब्यापारलाई प्रवर्धन गर्न र आन्तरीक तथा बाह्यि पर्यटकलाई धर्मीक नगरी परशुराममा भित्र्याउनका लागि भ्रमण बर्ष र उद्योगवाणिज्य संघ र नगरपालिकाको सयुक्त निर्णयअनुसार महोत्सब सञ्चालन हुने उनले जानकारी दिनु भएको छ । फागुन ७ गते परशुराम रंङग मैदानमा कार्यक्रमको उद्घाटन गरीने बोहराले जानकारी दिनु भएको छ । महोत्सको तयारीका लागि ,प्रायोजक, मुख्य प्रायोजक, सह प्रायोजक , स्टल बुकिङ , अन्य सबै ब्यबस्थापन तयारी पारीएको बोहराले बताएका छन । रेडियो परशुराम ,संगै जिल्ला स्थित एफ.एम.रेडियोहरुवाट सूचना प्रचार प्रसार ब्यानर,माईकिङमा कार्यक्रम जारी रहेको उनले जानकारी दिएका छन । राष्ट्रिय तथा स्थानीयकलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रम समेत प्रदर्षन गरीने आयोजकले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.