गाउँपालिका अध्यक्ष कौशीला भट्टको संयोजकत्वमा “सायलझरना ” भ्रमण
“घुम्नजाऊभागेश्वर”अभियानलाई निरन्तरता दिदै गाउँपालिका
पदम जोरा,डडेल्धुरा पुष,९
“घुम्नजाऊ भागेश्वर ” नारा लिएको डडेल्धुराको भागेश्वर गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० पुष १६ गते टप्वालेक वाट सुभारम्भ गरेको हो । गाउँपालिकाको ५ वटै वडाको पायकपर्ने र सबै वडा संगै छिमेकी जिल्ला र अन्य स्थानीय तहहरुको अवलोकन गर्न सकिने प्राकृतिक भ्यूटावर रहेको “टप्वालेक” स्थान चयन गरीएको गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी दिईन । टप्वालेक वाट सुभारम्भ गरेको “घुम्नजाऊभागेश्वर”अभियान को दोस्रो भ्रमण रुपालको सायल झरनामा गरीएको छ । ले वडा,समुदाय,टोल–टोलमा प्रचार—प्रसार,भ्रमणलाई तिब्रता दिएको छ । गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टको संयोजकत्वमा वडा.न ३ का अध्यक्ष राम बहादुर शाही स्थानीयवासी ,पत्रकार,प्राबिधिक सहितको टोलीले “सायलझरना”को भ्रमण सम्पन्न गरेको छ ।
भ्रमण पश्चात गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले झरनाको सम्भाब्यता,चुनौती,प्रचार–प्रसार संगै सडकसञ्जाल , ट्रयाकिङ मार्ग द्धारा झरनाको अवलोकन गर्न सकिने भएकाले आफुले यस बिषयमा कार्यपालिकामा बिशेस छलफल गर्नेउनले प्रतिबद्वता गर्नु भएको छ ।
प्राकृतिक छटाले भरिर्पूण साबिक रुपालको रुद्रावती नदी सायल क्षेत्रमा पर्ने सायलझरना आफैमा सुन्दर र अलौकिक रहेकोले छिट्टै नै उक्त क्षेत्रमा भ्रमण बर्ष लक्षित गरि कार्यक्रम समेत आयोजना गरीने वडा.न. ३ का अध्यक्ष राम बहादुर शाहीले बताउनु भयो । भ्रमण पश्चात गाउँकार्यपालिकाको निर्णयले सायलझरना लक्षित सडक र ट्रयाकिङका लागि रु १० लाख बजेट छुट्याएको वडा अध्यक्ष शाहीले जानकारी दिनु भयो । आवश्यक प्रकृया अगाडी बढाई काम सुचारु गरीने वडा.न १का अध्यक्ष रुप सिंह ठकुराठीले जानकारी दिनु भयो । सायलझरना संगै गाउपालिका अन्तरगत ५ वटै वडामा रहेका सबै सम्भावित,प्रचार–प्रसार को पर्खाईमा रहेका सबै धार्मीक, ऐतिहासिक, पर्यटकीय ,पुरात्वत्तीक सम्पदाको संरक्षण सम्वर्धनमा गाउँपालिका जोडदारका पहलका साथ लागी रहेको छ ,अध्यक्ष ले बताए ।
