बर र कन्याको विवाह गरी रन्पुतला पर्व मनाईयो
काल्पनिक पुतलीका बर र कन्या वनाई उनीहरुको विबाह गरी पर्ब मनाइएको हो
पदम जोरा , जोगबुढा,डडेल्धुरा
डडेल्धुरा जिल्लाको परशुराम १२ जोगबुडा स्थित दलित परिर्वतन युवा समाजको आयोजनामा हरेक बर्ष झै यस बर्ष पनि रन्पुतला पर्ब भब्यताकासाथ मनाईएको छ । मकर संक्रान्तीको दिन ,डोट्याली संस्कृतिमा आधारीत काल्पनिक पुतलीका बर र कन्या वनाई उनीहरुको विबाह गरी पर्ब मनाइएको हो । शुदुरपश्चिम प्रदेशको डोटी र अछाम जिल्ला पुख्र्याैली थलोवाट डडेल्धुराको परशुराम नगरपालिकामा बसाईसरी आएका समुदायहरुले बषौं देखी यो पर्ब मनाउदै आएको एक बयोबृद्ध भाने कामी ले बताए ।
परापुर्वकालमा एकजना राजाकी ८ वटा छोरी थिईन ,उनीहरु मध्येवाट ७ जना एक दिन जंगलमा मेलापात गर्न गईन , साझ घर फर्किदा काईली बहिनीलाई श्रीङ्गार पटार गरी,दुलही झै सजाएर घरमा ल्याएको देखी सबैले उनलाई गुडीयाँ(पुतली)को संङग्या दियो, उनको चर्चा टोल,गाउभरी छाँयो । यसरी जताततै राजाकी कन्या सारै सन्दर छीन ,गुडीया झै छन भनि चर्चाचल्यो, सो सूचना तराई अर्थात ( मालका ) मलौटे राजाको कानमा पुग्यो ,उनले ति कन्याको हात मागने प्रसताव सहित कन्याको घरमा पुगेछन ,कन्या र वरतर्फ का बिच कुराकानी मिली मकर संक्रान्तीको सूभ साईतमा बिवाहको टुङगो लागे पछि उनीहरुको विबाह भएको किम्वदन्ती रही आइएको १ जना जमुना कामीले बताईन , सोही दिन देखी हामीहरुले रनपुतला पर्ब मनाइने प्रचलन रहि आएको दलित परिर्वतन समाजका सचिव डम्बर बहादु कामीले बताए । आफ्नो कला संस्कृति,भेषभुाषको जर्गेना हुने गरी,गुन्यूचोलो पोसाकमा महिलाहरुले छोरीको बेदना ,झलकीने गितहरु,गाथा,भाग,गाई यो पर्व मनाउदै आएको संस्थाका अध्यक्ष दान बहादुर सुनारले बताए ।
समाजले परम्परागत होली,कृष्णजनमाष्टमी,बिशुपर्व समेत मनाउदै आएको आएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि समाजले अझै आगामी दिनमा कला,संस्कृती,भेषभुषालाई प्रचार प्रसारमा ल्याउन पहलरत रहने उनले बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य चक्र प्रशाद स्नेही सहित बिभिन्न क्षेत्रवाट,दर्षकहरुको उल्लेख सहभागिता रहेको थियो ।
