‘युवाको साथ ,अग्रजको आर्शिवाद पाए विकासले गति लिन्छ” : अध्यक्ष भट्ट ।
जनता आफ्नो गाउँ आफै बनाउ भन्ने दृढ ईच्छा शक्ति हुन पनि जरुरी छ
पदम जोरा,डडेल्धुरा पुष २८
डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले ‘युवाको साथ र अग्रजहरुको आर्सिवाद पाए विकासले अझै गति लिने बताउनु भएको छ । आफु गाउँपालिका अध्यक्षमा बिजयी भए संगै ५ वटै वडाहरुमा ७० प्रतिशत हरेक क्षेत्रको विकास भएको दाबि गर्दै भट्टले पालिकावाट प्रदान हुने सेवा सुबीधामा जनमैत्री वनाई रहेको बताईन । दुर्गम बस्ती र समुदायमा सडक सञ्जाल,सञ्चारसेवा, शिक्षाको विकासका लागि शैक्षिक सुधार, भौतिक पूर्वाधार तर्फ भवन ,शिक्षक तालिम, दिई रहेको बताईन । स्वास्थ्यतर्फ पनि र्दुगम बस्तीहरुमा बर्थिङ सेन्टर,बगरकोट ,भागेश्वर र रुपाल स्वास्थ्य चौकिको सेवा सुदिृढीकरण भई रहेको जानकारी गराईन । युवा, महिला वालबालिका , लक्षित कार्यक्रमहरुलाई पनि तिब्रताका साथ क्षमता अभिबृद्धीमा समेत गाउपालिकाको ध्यान केन्द्रीत छ ,भट्टले बताईन ।
गाउँपालिकावाट ५ वटै वडाका अध्यक्षहरुलाई युवा,अग्रजहरुको सल्लाह सुझाव,गुनासा समेटी बस्तीभेला,वडाभेला,टोलभेला योजना छनौट,योजना तर्जुमागोष्ठी गर्न समेत निर्देशन दिनु भएको । आर्थिक बर्ष २०७६–०७७ को गाउँसभा पूृर्व नै सम्भवतह ५ वटै वडाहरुमा युवासमुह ,अग्रजसमुह र महिलासमुह गठन गर्न गरीने भट्टले जानकारी दिईन । उक्त समुहहरुको सल्लाह, सुझाव ,गुनासा सिधै अध्यक्ष संग राख्न सक्ने र उक्त कार्यले विकासी योजनामा वल पुग्ने भएकाले हाम्रो नौलो अभ्यास भएको उनले जानकारी दिईन । संगै उनले भनीन , हाल सम्म जति बिकास भएको छ , त्यो बिकासीकामको रेखदेख,गर्ने जिम्मेवारी समुदायको पनि भएकाले गाँउवासिमा आफ्नो गाउँ आफै बनाउ भन्ने दृढ ईच्छा शक्ति हुन पनि जरुरी रहेको बताईन । भट्टले थपिन मानबीय गुण नै हो जती भए पनि र्पयाप्तता हुदैन,कही कतै केही न केही कमजोर पक्षको भ्रम सृजना गर्नु राम्रो लाई राम्रो र गलत लाई गलत भन्न सक्ने क्षमता जनताको मानसपटलमा बसेमा मात्र हामीले गरेको बिकासले सार्थकता पाउने उनले बताईन ।
