भागेश्वर गाउँपालिकामा विपद न्यूनीकरण सम्बन्धी ३ दिने तालिम सञ्चालन

जोखीम न्यूनीकरण र उद्वार सम्बन्धी चेतना दिने उदेस्यका साथ तालिमको आयोजना

पदम जोरा ,डडेल्धुरा

भागेश्वर गाँउपालिकाको आयोजनामा स्थानीय तहमा विपद न्यूनीकरण पूर्वतयारी एबम् खोज तथा उद्वार सम्बन्धी ३ दिने तालिम उदघाटन भएको छ । गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टको अध्यक्षता तथा नेपाली शेना श्री रणबम गण दह ब्यारेक,डडेल्धुराका शेनानी शुरेन्द्र भण्डारीको प्रमुख आथित्यतामा तालिम उद्घाटन भएको गाउँपालिकाका नासु मात्रिका प्रशाद भट्टले जानकारी दिए । संघियता पश्चात स्थानीय समुदायलाई भैपरि आउने विपद तथा जोखीम न्यूनीकरण र उद्वार सम्बन्धी चेतना दिने उदेस्यका साथ तालिमको आयोजना गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्श बहादुर रोकाले जानकारी दिए । नेपाली शेनाको खोज तथा उद्वार टुकडीले तालिमको सहजीकरण गरीरहेको छ । उक्त तालिम भागेश्वर गाउँपालिकाको कार्यालय बगरकोटमा ३ दिन सम्म सञ्चालन हुने भएको छ । उक्त तालिममा ५ वटै वडावाट वडा अध्यक्ष सहित ६ जनाका दरले ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको नासु भट्टले बताए ।


भै परि आउने विपद्,आगलागि, बाढी, पहिरो, भुकम्प ,हुरी,जस्ता जोखीम कम गर्न स्थानीय समुदाय सर्तक हुन जरुरी रहेकाले तालिमको आयोजना गरीएको अध्यक्ष भट्टले जानकारी दिईन । उक्त तालिम ३ दिन सम्म प्रयोगात्मक बिधीवाट सञ्चालन हुने भएकाले स्थानीयले भै परि आउने विपदको सामना गर्न सक्ने वताईन । कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टले विपद वाजा बजाएर न आउने भएकाले तालिममा सिकेको सबै प्रयोगात्मक क्रियाकलापलाई ब्यभारमा उतारेमा जोखीम कम गर्न सकिने हुदाँ तालिम निकै प्रभावकारी भएको बताईन । पूर्व तायारी, प्राथमिक उपचारको वारेमा जानकारी हुन पनि अति जरुरी छ ,भट्टले जानकारी दिईन।

bb

Leave A Reply

Your email address will not be published.