गोविन्दपुरी माविको अध्यक्षमा भिम महर चयन
शिक्षा नियमावली अनतरगत विव्यस गठन प्रकृयाद्वारा महरलाई सर्वसम्वत
पदम जोरा डडेल्धुरा
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न. ३ लामिकाण्डे स्थित गोविन्दपुरी माद्यमिक विद्यालयको अध्यक्षमा स्थानीय युवा भिम बहादुर महर चयन भएकाछन । बिद्यालय क्षेत्रभित्रका अभिवाबकको भेलाले शिक्षा नियमावली अनतरगत विव्यस गठन प्रकृयाद्वारा महरलाई सर्वसम्वत चयन गरेको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर मडैले जानकारी दिए । ‘मडैले भने शिक्षित युवाहरु प्राय रोजगारीमा छन, उच्च शिक्षा अध्ययन गरेका समाजका लागि केही गर्नुपर्छ भन्ने उद्धेस्य बोकेका महरको समाजसेवा गर्ने भावनालाई अभिवाबकहरुले पुरा गरेका हुन,
डडेल्धुरा क्याम्पस डडेल्धुरा वाट स्नातकोत्तरतह उतिर्ण महर लामो समय देखी गाउँमै समाजसेवामा तल्लीन छन । महर भन्छन पुरानै शैलीमा हैन अव शैक्षिक गुणस्तरका लागी नयाँ रणनीतीका साथ अगाडी बढ्नु जरुरी छ । सोही अनरुप अभिवाबकले बोकाएको यो भारी बोक्न तत्पर छु , पूर्वअध्यक्षहरु ,समाजसेबी, बुद्धिजीबी, राजनैतिकदल, जनप्रतिनिधी, शिक्षककर्मचारीहरुको सहकार्यमा बिद्यालयको सर्पपक्षिय बिकासमा मेरो कार्यकाल बितने छ ,उनले प्रतिवद्दता गरेका छन ।
