कतै यसरी पनि…
कतै यसरी पनि सुरु हुन्छ जीवन,
सुरु हुन्छ संघर्ष भोक र ओतको,
सुरु हुन्छ जीवन्त यात्रा रोडको,
सुरु हुन्छ भोगाई जाडो र घामको,
असह्य पिडा निल र डामको,
कतै यसरी पनि….,
कतै यसरी पनि जीवनचक्र चलिरहेछन्,
कतै यसरी पनि दिनहरु ढलिरहेछन,
उ कुकुर त जातले मात्रै भएको
कर्मले त मानबनै असलि रहेछन,
कतै यस्ता पनि….,
कतै यस्ता पनि सासहरु छन्,
नजिक आउनेहरु प्रति आसहरु छन्,
हामी सर्बस्रेष्ठले खेर फालेका फोहरका डङ्गुरमा,
कसैका भोक मेटाउने गासहरु छन्,
कोहि जुधिरहेछ…..
कोहि बल्झिरहेछ आफ्नै पेटहरु सित
कोहि भुलिरहेछ होटेलका प्लेटहरु सित,
भोक मार्ने केहि सिप नचलेपछी पो उ,
फेरी जुधिरहेछ तिम्रा गेटहरु सित…….
