भुवनेश्वरी नमुनाकाे स्वर्ण जयन्ती तयारी पूरा : नगर-प्रमुख जाेशीले उदघाटन गर्ने

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.५ परिगाउ स्थित भित्री मधेष क्षेत्रकाे नमुना बिद्यालय भुवनेश्वरि नमुना माबि स्थापनाकाे ५० वर्षमा प्रवेस गरेकाे छ ।

विद्यालय स्थापनाकाे ५० वर्ष पुगेकाे अवसरमा भाेलि अर्थात मङ्सिर ४ गते ५० औं वार्षिकोत्सब तथा अभिवाबक दिवस एबम् स्वर्ण जयन्ती मनाउन लागेकाे हाे ।

२०५० सालमा यस क्षेत्रका शिक्षा प्रेमि, समाजसेविहरुकाे सफल प्रयासवाट तत्कालिन प्राबि, निमावि हुदै ,माबि र उच्च माबिकाे अनुमति पाई बिद्यालय अहिले परशुरामकाे एकमात्र नमुना बिद्यालयका रुपमा कहलिएकाे छ ।

भित्र मधेष वाट  दक्ष,जनशक्ति उत्पादनमा भुवनेश्वरि नमुना माबिकाे ठुलाे याेगदान रहेकाे यहाँका अभिवावकहरुकाे भनाइ छ।

अतिरिक्त ,पढाइ र खेल,कलाकारिता,व्यवसायिक र व्यवहारिक शिक्षामा जाेड दिने बिद्यालय मध्ये डडेल्धुरा जिल्लामा  भुवनेश्वरि नमुना  पनि एक हाे ।

तत्कालीन अवस्थामा यस क्षेत्रका समाजसेवि,शिक्षा प्रेमिहरुकाे ठुलाे र कडा मेहनत वाट बिद्यालय स्थापना भएको हाे ।

 हाल भुवनेश्वरी नमुना मावि परशुराममा नमुनाकाे सुचिमा समेत पर्न सफल भएको छ ।

विद्यालयले ५० औं वार्षिकोत्सब तथा अभिवाबक दिवस समाराेह एबम् स्वर्ण जयन्तीकाे अवसरमा बिद्यालयका अतिरिक्त कृयाकलाप,वार्षिक प्रतिवेदन, कार्यक्रम सम्पन्न गरेकाे विद्यालयका प्रधानाध्यापक डम्वर सिह थ्वालले वताए ।

५० औं वार्षिकोत्सब तथा अभिवाबक दिवस समाराेह स्वर्ण जयन्तीकाे सम्पुर्ण तयारी पूरा भइ सकेकाे उनले जानकारी दिए ।

५० औं वार्षिकाेत्सवकाे उदघाटन परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जाेशीले गर्नु हुने कार्यतालिका रहेकाे उहाको भनाइ छ ।

समाराेहकाे  अवसरमा जेष्ठ नागरिक सम्मान सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे राेचक तथा बेजाेड सास्कृतिक प्रस्तुति प्रदर्शन गरिने प्रधानााध्यापक थ्वालकाे भनाइ छ ।

कार्यक्रमकाे सम्पुर्ण  तयारी पूरा भइ सकेकाे प्रअ थ्वालकाे भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.