पदम जाेरा,डडेल्धुरा
सामाजिक सेवा र कला,भेषभुषा,राष्ट्र प्रति चिन्ता व्यक्त गरि वेला वेला बिबिध कार्यमा सकृय भारतकाे विभिन्न शहरमा रहेका नेपालीहरुकाे साझा संगठन मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्टले नरेन्द्र प्रसाद भट्टराई बचाउ अभियान सञ्चालन गरि धार्मिक पुण्य कमाएकाे छ, भने सहयाेगिहरु ठुलाे मानवीय धर्म निभाउनु भएको छ ।
समाजका काेषाध्यक्ष रामदत्त भट्टराईले पिडित नरेन्द्र काे उपचारका लागि सामाजिक सञ्जाल वाट आर्थिक सहयोग अपिल गरे ।
फजुल खर्च कटाइ, नरेन्द्र भट्टराई वचाउ अभियानमा देश , विदेशवाट आर्थिक सहयाेग जुटेको रामदत्त भट्टराईले वताउनु भयाे ।
हाल सम्म उक्त काेषमा रु १२१५९६/नेपाली(एक लाख एकैस हजार पाँच सय छयानब्बै )आर्थिक सहयोग संकलन भएको उनले वताए ।
उक्त रकम आइतबार पिडित अर्थात उपचाररत नरेन्द्र भट्टराई लाई हस्तान्तरण गरिने भएको छ ।
सहयाेेगि सम्पुर्ण लाई समाजका काेषाध्यक्ष रामदत्त भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
