पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.५ परिगाउ स्थित भित्री मधेष क्षेत्रकाे नमुना बिद्यालय भुवनेश्वरि नमुना माबि स्थापनाकाे ५० वर्षमा प्रवेस गरेकाे छ ।
स्थापनाकाे ५० वर्ष पुगेकाे अवसरमा यहि मङ्सिर ४ गते विद्यालयकाे ५० औं वार्षिकोत्सब तथा अभिवाबक दिवस एबम् स्वर्ण जयन्ती मनाउन लागिएकाे छ ।
२०५० सालमा यस क्षेत्रका शिक्षा प्रेमि,समाजसेविहरुकाे सफल प्रयासवाट तत्कालिन प्राबि,निमावि हुदै ,माबि र उच्च माबिकाे अनुमति पाई बिद्यालय अहिले यस क्षेत्रको एकमात्र नमुना बिद्यालयका रुपमा कहलिएकाे छ ।
भित्र मधेष वाट दक्ष,जनशक्ति उत्पादनमा भुवनेश्वरि नमुना माबिकाे ठुलाे याेगदान रहेकाे यहाँका अभिवावकहरुकाे भनाइ छ।
अतिरिक्त ,पढाइ र खेल,कलाकारिता,व्यवसायिक र व्यवहारिक शिक्षामा जाेड दिने बिद्यालय भुवनेश्वरि नमुना माबिले बिद्यालयका अतिरिक्त,ख्लकुद कार्यक्रम सम्पन्न गरि सकेको प्रधानााध्यापक डम्वर सिह थ्वालले वताए ।
तत्कालीन अवस्थामा यस क्षेत्रका समाजसेवि,शिक्षा प्रेमिहरुकाे ठुलाे र कडा मेहनत वाट बिद्यालय स्थापना भएको हाे ।
विद्यालय नमुनाकाे सुचिमा पर्न सफल भयाे याे सव याेगदान यहाका समाजसेवि,बुद्धिजीवीहरुकाे हाे । प्रअ थ्वालले वताए ।
५० औं वार्षिकोत्सब तथा अभिवाबक दिवस समाराेह स्वर्ण जयन्तीकाे अवसरमा बिद्यालयले यस विद्यालय स्थापनाका महान ब्यक्तित्व,शिक्षाप्रेमि,जेष्ठनागरिक,सम्मान,बिद्यालयकाे प्रगति तथा प्रतिवेदन प्रस्तुत,स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुका राेचक तथा बेजाेड सास्कृतिक प्रस्तुति प्रदर्शन गरिने प्रधानााध्यापक थ्वालकाे भनाइ छ ।
कार्यक्रमकाे तयारि पूरा भइ रहेकाे उहाले वताउनु भयाे ।
