पदम जोरा,डडेल्धुरा
निड्स नेपाल कञ्चनपुरले डडेल्धुराको परशुराम नगरपालिकाका कृषकलाई उन्नत जातको तरकारी, गहुँको बिउ र पाेलिहाउस निर्माण सामग्री वितरण गरेको छ ।
विगत लामो समय देखि निड्स कञ्चनपुरले अक्सफाम नेपालको सहयोगमा परशुराम नगरपालिका वडा.न. ६ को वाढी पिडित समुदाय लक्षित नागरिकलाई सिपमुलक तालिम, आयआर्जन, विपद जोखिम न्युनिकरण, राहत, उद्धार लगायतका विषयमा सचेतना अभिबृद्विका साथै कृषि उपज र विउ वितरणमा टेवा दिदै आएको निड्स नेपाल कञ्चनपुरका परियोजना संयोजक हेमन्त शाहीले जानकारी दिनु भएको छ ।
यस वर्ष पनि परशुराम नगरपालिका वडा.न ५ परिगाउँको घट्टेप्लट समुदायका २३७ घरधुरी र वडा.न. ६ को सरगौडा, सिमलखेत ,रामपुर, दमाड, कुणा, छेला, तातापानी, कराली, चन्दनी, समुदायका ६२० गरि जम्मा ८५७ घरधुरीका कृषकहरुलाई परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशी, वडा.न ५ का जनप्रतिनिधि विरेन्द्र भट्टराई, वडा.न. ६ का अध्यक्ष खगेन्द्र वहादुर सिँह सहितको उपस्थितीमा उन्नत विजय जातको गहुँ संगै हिउँदे सिजनमा फल्ने करिब १२ प्रकारका तरकारी विउँ र १ सय घरधुरीलाई प्लाष्टिक घर (पोलीहाउस) निर्माण सामग्री सहित कृषकलाई IPM मा आधारित बेमौसमी तरकारी खेती प्रबिधि सम्वन्धि २ दिने तालिम समेत दिइएको शाहीले जानकारी दिनु भएको छ ।
तिहार लगत्तै निड्सले समुदायिक विपद व्यवस्थापन समिति अन्तरगत परशुराम नगरपालिका वडा.नं. १२ को मोटाहल्दु,पुन्तुरा र १० को जजोला,दुम्सीजला क्षेत्रका करिब २ सय घरधुरीलाई बेमौसमी तरकारीको विउ वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो ।
उक्त सामग्री बितरण तथा तालिम संञ्चालनका दाैरानमा धारणा राख्दै परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले निड्स नेपाल कञ्चनपुरले अक्फामको सहयोगमा परशुरामको वडा.न ५, ६, १० र १२ मा निकै प्रभावकारी र जनमुखी, उत्पादनमुखी, कृषकको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद दिनु भएको छ ।
चार समुहमा संञ्चालित २ दिने कृषक तालिमकाे समापन समाराेहमा वाेल्दै परशुराम नगरपालिका वडा नं. ६ कुँडामा वडा अध्यक्ष खगेन्द्र बहादुर सिँहले कृषकलाई निड्सवाट उपलब्ध पाेलिहाउसका सामगग्री, तरकारीका विउ वितरण र तालिममा सिकेकाे ज्ञान सीप सवै कृषकहरुले व्यवहारमा उतार्नु पर्ने र वडा.न ६ लाई वेमौसौमी तरकारीको पकटे क्षेत्र बनाउने संस्था र वडाको लक्ष्यलाई सकार पार्न सबैले हातेमालो गर्नु पर्ने भनाइ राख्नु भयाे । संस्थावाट उपलब्ध विउ, उपकरण, सामग्री र सिपलाई व्यवहारमा उतारे नउतारेको नियमित अनुगमन र प्राबिधिक सहयोग हुने प्रतिबद्वता समेत अध्यक्ष सिँहको थियो ।
