पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे भागेश्वर ३ लामिकाण्डेका मनाेज महरा १ सक्षम युवा हुन ।
इलाेक्ट्राेनिक दक्ष प्राबिधिक समेत रहेका उनी राम्राे कमाइ गर्छन ।
पेषामा दखल उनी गाउ समाजमा हरेक सामाजिक कार्यमा उतिकै अग्रसर हुन्छन ।
कुलत, दुव्सयसनिवाट निकै टाढा रहेका मनाेज अहिलेका युवाहरुका लागि प्रेरणाका पात्र वनेका छन ।
इलेक्ट्रोनिक तथा विधुत,साेलार जडान र मर्मतमा वढि व्यस्त रहने मनाेज महरा घरमा गएका वेला करेसावारि,खेति किषानिमा पनि धेरै मेहनत गर्छन ।
सिचाइ ,खानेपानीकाे धेरै सुविधा नभए पनि उनले याे पालि आफ्नो करेसावारिमा तरकारि र सयपत्रि फुल राेपे ।
समयकाे माग अनुसार हिन्न र चल्न सक्ने युवा मनाेज अहिले तिनै सयपत्रि फुल र तरकारिकाे वारिमा भेटिन्छन ।
उनी अहिले दशै र तिहारमा फुलि सकेकाे फुलकाे वजार खाेजि रहेका छन भने , स्थानीय उत्पादनलाई वढावा दिनु पर्ने समेत वताई रहेका छन ।
याे वर्ष कम मात्रामा फुल राेपे अब ब्यवसायका रुपमा फुुल खेति गर्ने चाहना छ उनले सुनाए ।
तर स्थानीय सरकारले भागेश्वर गाउँपालिकाले ,वडा सरकारले विभिन्न सरकारि गैरसरकारी कार्यालयले स्थानीय उत्पादन र अनुदानमा टेवा दिनु पर्छ , मेराे वारिमा किरव ७ प्रजातिका फुल छन ।
तिहारमा सुफत मुल्यमा बिक्री गर्ने प्लान वनाएकाे छु ।
मेराे मेहनत अनुसार मात्रै न्यूनतम मुल्यमा फुल वितरण गर्ने उनले सुनाए ।
