पदम जोरा,डडल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका वडा.न २ वसौटीमा पहिलो पटक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गरीएको छ ।
वडा.न २ को आर्थिक वर्ष २०८०÷०८१ को वाषर््िाक स्वीकृत कार्यक्रम अन्तरगत प्रतियोगिता आयोजना गरीएको वडाअध्यक्ष रमेश बहादुर बोहराले जानकारी दिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले वडा न. २ स्थित भागेश्वर माद्यमिक बिद्यालयको प्राङ्गगणमा प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा वडा.न २ का ५ वटा समुह वाट खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २० हजार सहित ट्रपि,मेडल र प्रमाण पत्र, दोस्रो हुने समुहलाई नगद १० हजार ट्रफि,मेडल र प्रमाण पत्र, तस्रो हुने समुहलाई नगद ५ हजार ट्रफि मेडल र प्रमाण पत्र दिईने आयोजक वडा.न २ का अध्यक्ष रमेश बोहराले जानकारी दिनु भएको छ ।
