काङ्ग्रेस नवदुर्गा द्वारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

पदम जाेरा,डडेल्धुरा

नेपाली काङ्ग्रेस नवदुर्गाले दशै,तिहार,छठ र नेपाल सम्वतकाे अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमकाे आयोजना गरेकाे छ ।

नेपाली काङ्ग्रेसले हरेक वर्ष देशव्यापी रुपमा काेजाग्रत पुर्णिमाका दिन चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने गरेकाे छ ।

साेहि अन्तरगत काङ्ग्रेसले देशभरका ७७ जिल्ला,७ सय ५३ पालिकामा शुभकामना तथा चियापान कार्यक्रम मनाउन थालेेकाे छ ।

शुक्रबार काङ्ग्रेस केन्द्रीय सभापति शेर वहादुर देउवाकाे गृह जिल्ला डडेल्धुराकाे नवदुर्गा गाउँकार्य समितिले शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेकाेछ ।

काङ्ग्रेस नवदुर्गा सभापति भाेजराज भट्टकाे सभापतितब तथा काङ्ग्रेस डडेल्धुरा उप-सभापति लक्ष्मीप्रशाद अवस्थीको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमकाे बिशिस्ट अतिथिमा काङ्ग्रेस डडेल्धुरा सचिव शेर वहादुर भण्डारी रहनु भएको थियाे ।

कार्यक्रममा काङ्ग्रेस डडेल्धुरा सदस्य शेर वहादुर साउद र उतरा राेस्यारा सहित पालिकाकाे ५ वडाका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुकाे उलेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको पालिका सभापति भाेजराज भट्टले जानकारि दिनु भएको छ ।

शुभकामना तथा चियापानकाे अवसरमा काङ्ग्रेसका दिवङ्गत नेता तथा लाेेह पुरुष गणेशमान शिहकाे १०९ औं जन्म जयन्ती समेत परेकाेमा लाेह पुरुष गणेशमान सिहकाे तस्वीरमा माल्यार्पण गरि एक अर्कामा शुभकामना साटासाट गरि चियापान सहितकाे कार्यक्रम सम्पन्न भएको काङ्ग्रेस डडेल्धुराले जनाएको छ ।

जनताकाे सुख र दु:खकाे साहारा नेपाली काङ्ग्रेस काङ्ग्रेस विना बिकास ,समृद्धि र शुसासन हुन नसक्ने जनताले बुझेकाे  प्रमुख अतिथि तथा काङ्ग्रेस डडेल्धुरा उप-सभापति लक्ष्मी प्रशाद अवस्थिले वताए ।

२०७४ मा केन्द्र र प्रदेशमा नेकपा सरकारकाे साढे ३ वर्षकाे कार्यशैली  जनताले बुझि र २०७९ मा काङ्ग्रेस लाई बहुमत दिए हामिले काम गरेर देखाउनु छ, विशेष गरि डडेल्धुरामा काङ्ग्रेसले पुर्व प्रधानमन्त्री ज्युकाे दागत प्रयाेग गर्नु छ ।

हामी धेरै अल्छी छौँ , हाम्राे पार्टिले गरेका विकास,याेजना लाई तल्लाे तह सम्म जनता माझ पुगाउनमा ।

 प्रविधिकाे वढि भन्दा  बढि सदुपयोग गरि तल्लाे तहका जनतामाझ त पुगाउ ।

काम गरछौ , प्रचार कम गरछौ अहिले धेरै काम भएको छ, डडेल्धुरा मेडिकल कलेज,सडक चौडा काम गरम जनता साथ दिन्छन ।

 

 

bb

Leave A Reply

Your email address will not be published.