जाेगबुडा अस्पतालमा १ दिने स्वास्थ्य सिबिर सम्पन्न १३९ जनाकाे जाँच

स्थानीय नागरिककाे स्वास्थ्य चेकजाँचका लागि परशुराम नगरपालिकाले नि:शुल्क स्वास्थ्य शिवीर आयोजना गरेकाे छ ।परशुराम नगरपालिका र जाेगबुडा अस्पतालकाे सयुक्त आयोजनामा कार्तिक २३ गते बिहान १० वजे देखि साझ ४ वजे सम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको परशुराम नगरपालिका स्वास्थ्य साखा प्रमुख तेजवहादुर सिहले जानकारि दिए ।

उक्त १ दिने नि:शुल्क  सवास्थ्य सिविरवाट परशुराम र आलितालका करिव १३९ जना नागरिककाे स्वास्थ्य परिक्षण तथा उपचार गरिएको स्वास्थ्य साखा परशुरामका प्रमुख तेज वहादुर सिहले जानकारी दिनु भएको छ ।

सिहका अनुसार शिबिरमा मुटु,रक्तचाप,दम,अल्सर र स्त्रि राेग विशेषज्ञ डाक्टर द्वारा विरामि जाँच गरिएकाे थियाे ।

नागिरककाे स्वास्थ्य सुरक्षा र जाचका लागि शिविर आयोजना गरिएको परशुराम नगरपालिकाका नगर- प्रमुख भरत वडायर जाेशीले वताउनु भयाे ।

नगरपालिकाकाे नियमित तथा वार्षिक कार्यक्रम रहेकाे हाे । जाेगबुडा अस्पताल वाट दन्त सेवा र एम्वुलेन्स सेवा प्रभावकारि पारिएको छ, मेयर जाेशीको भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.