पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.६ पुरानाे चौकी वण्डमा जारि नगर स्तरिय पुरुष क्रीकेट प्रतियाेगिताकाे उपाधि आयोजक तातोपानीले हात पारेकाे छ ।
परशुराम नगरपालिका वडा.न. ६ ले ‘स्वर्गिय नरबहादुर धामीको स्मृतिमा हरेक वर्ष नगर स्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।
कार्तिक १८ गते उदघाटन भएको प्रतियोगिता बिहिवार कार्तिक २३ गते परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जाेशीले समापन गर्नु भएको हाे ।
प्रतियोगिताको विजेता आयोजक परशुराम नगरपालिका वडा.न.६ (ए) टिम विजेता भएको छ भने, आयोजक (बि) परशुराम नगरपालिका वडा.न.६ सिमलखेतले उप-विजेतामा चित्त वुझाएकाे छ ।
विजेता आयोजक (A) ले नगद ६१ हजार ५५५ रुपैयाँ र उप–विजेता आयोजक (B) ले नगद ३१ हजार ५५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेकाे छ ।
त्यसै गरि उत्कृष्ट बलर र ब्याट्स म्यान समेत लाई नगर-प्रमुख भरत वडायर जाेशीले पुरुस्कार र प्रमाण-पत्र वितरण गर्नु भएको छ ।
वडा अध्यक्ष खगेन्द्र वहादुर सिहकाे अध्यक्षता तथा नगर-प्रमुख भरत वडायर जाेशीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको वडा कर्मचारी तेज वाेहराले जानकारि दिनु भएको छ । प्रतियाेगिता कार्तिक १८ गते देखि सञ्चाल भएको थियाे ।
