पदम जोरा,डडेल्धुरा
स्थानीय तथा भित्री मधेषका नागरिकको स्वास्थ्य चेकजाँचका लागि जोगबुडा परशुराम नगरपालिका र जोगबुडा अस्पतालको सयुक्त आयोजनामा कार्तिक २३ गते सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ ।
जोगबुडा अस्पतालमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिबिरको सम्र्पुण तयारी पुरा भइ सकेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले वताउनु भएको छ ।
परशुराम नगरपालिका र जोगबुडा अस्पतालको सयुक्त आयोजनामा कार्तिक २३ बिहिवार बिहान १० वजे देखि साझ ४ वजे सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य साखा प्रमुख तेजवहादुर सिहले वताए ।
साखा प्रमुख सिंहका अनुसार शिबिरमा मुटु,रक्तचाप,दम,अल्सर र स्त्रि रोग विशेषज्ञ डाक्टरले विरामी जाँच गर्नु हुने भएको छ ।
विरामी जाचँका लागि बिशेज्ञ डाक्टरहरु जोगबुडा पुगी सक्ुन भएको र प्रचार–प्रसार भई सेको उहाँले जानकारी दिनु भएको छ ।
यस क्षेत्रका नागिरकको स्वास्थ्य चेकजाचँका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको परशुराम नगरपालिकाका नगर– प्रमुख भरत वडायर जोशीले वताउनु भयो ।
नगरपालिकाकाको नियमित तथा स्वीकृत कार्यक्रम रहेको मेयर जोशीको भनाई छ ।
अर्थिक वर्ष २०८०÷०८१ मा जोगबुडा अस्पताल वाट दन्त सेवा र एम्वुलेन्स सेवा समेत थप सुदृढिकरण गरीएको जोशीको भनाइ छ ।
