पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.४ काे कार्यालय
ताेडफाेड गरि चाेरि गर्ने गिराेहका २ जना पक्राउ परेकाछन ।
प्रहरीले शनिवार वडा.न. ४ काे कार्यालय नजिकै खहरे खाेल्सा मा फालिएको वडाकाे टिभि क्यामेराकाे हार्डडिस्क भेटाएकाे थियाे ।
निकै सुक्ष्म अनुसन्धानमा रहेकाे इलाका प्रहरी कार्यालय जाेगबुडाकाे टाेलीले उक्त सिसि टिभि फुटेजकाे अध्ययनका आधारमा वडा कार्यालय ताेडफाेड गरि चाेरि गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा वडा.न.४ का नरेन्द्र नेगि र हरिस थापा रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसम नायकले जानकारी दिनु भएको छ ।
आरोपित दुवै लाई ५ दिनकाे म्याद थप गरि थप अनुसन्धान भइ रहेकाे प्रहरीले जनाएकाेछ ।
