पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जाेशीले जाजरकाेट जिल्लामा शुक्रबार कार्तिक १७ गते राति गएको भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको ठूलो मानविय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै
नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि १ लाख सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
म परशुराम ३ काे दुर्गम बस्ती चाखि,थला तिर जनता भेटघाटमाछु, आज नै सदरमुकाम पुगि जाजरकोट जिल्ला विपदकाेषमा भुकम्प पिडितकाे राहत,उद्दारका लागि सहयाेग पठाउने मेयर जाेशीले गाउघरन्युज लाई जानकारि दिए ।
