पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ लटेरोडा कटाल स्थित वडाकार्यालयमा तोडफोड गरि चोरी भएको छ ।
अज्ञात समुहले हिजोराती कार्यालयको मुल गेटको ताला फुटाई चोरी गरेको पाइएको छ ।
अज्ञात समुहले कार्यालयको मुल ढोकामा रहेको सिसि क्यामेरा पुटाएको छ भने, गेटको ताला फुटाएको छ , कार्यालय भित्र रहेका सम्पुर्ण टेवल र दराजको ताला टुटाएको प्रहरीले जनाएको छ ।
वडा सचिव डम्बर साउँदको अनुसार वडामा संकलीत राजश्व वाफतको १३ हजार ८ रुपैया नगद समेत चोरीए छ ।
कार्यालयमा जडित सिसि टीभी क्यामेरा र क्यामेरा जडित मेन बक्स सिपियु समेत चोरीएको प्रहरीले जनाएको छ ।
घटना हिजो राति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ भने, चोर पत्ता न लागेको प्रहरीले जनाएको छ ।
घटनावारे जानकारी पाउने वित्तिकै हामी घटनास्थल पुगेको र थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय जोगब्ुडामा प्रहरी निरिक्षक गगन सिह भाटले जानकारी दिए ।
