नेकपा एमाले परशुरामको चियापान कार्यक्रम सम्पन्न 

पदम जोरा,डडेल्धुरा: नेपाल कम्युनिष्ठ पार्टी एमाले परशुरामको चियापान तथा दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको वार्षिक तथा नियमित कार्यक्रम अन्तरगत चियापान तथा सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको एमाले परशुराम अध्यक्ष ओम प्रकास जोशीले वताए ।
नेकपा एमाले परशुराम अध्यक्ष ओमप्रकास जोशीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एबम् सुदुरपश्चिम प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिह बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको बिशिष्ठ अतिथीमा एमाले डडेल्धुरा जिल्ला अध्यक्ष गजेन्द्रबहादुर शाहि, परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशी रहनु भएको थियो ।
परशुराम नगरपालिकामा उपलब्ध सबै राजनैतिकदल,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा सुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख पठानसिह बोहराले नेकपा एमाले जनताको वहुदलिय जनवादको शिद्वान्त आत्मसाथ गरि अगाडी बढि रहेको वताए ।
एमाले पार्टी हिजो पनि जनता माझ थियो, अझ जनतामाझ छ । (जवज) को शिद्वान्त आत्मसाथ गर्ने व्यक्ति,समुह एमाले हुन सक्छ ।
जसले यो शिद्वान्त मान्दैन ति त्यस्ता व्यक्ति र समुहहरु आफै पलायन भएर जाने उनले सुनाए ।
गठबन्धनका विच पनि हामी अझै जनताको पक्षमा छौ भन्ने चुनाव परिणामले देखाएको उनले सुनाए ।
जनता जनार्धन हुन, हिजो एमालेलाई हामी सत्तामा पुगाए । आज अन्य दल छन , तर हामी जनताको पिडा र माकामा एक कदम पनि पछाडी न हटेको उनको भनाई थियो ।

गाउँ देखी शहर र प्रवासमा रहेका नेपालीको पिडामा सरकार गम्भीर हुनु पर्ने समेत उहाँको धारणा थियो ।
हामी गाउँ घरमा आफन्त परिवार संग चाडवाड मनाई रहेका छौं । कतिपय नेपाली खाडीमा छन, गरिवी,बेरोजगारी,महङगी,जस्ता कयौन पिडामाथि सरकार उदासिन भएको स्पष्ट रहेको उनले सुनाए ।
मौनता भित्र रहस्य हुन्छ , नेकपा एमाले काँग्रेस,माओवादी सहितका गठवन्धन दलको कार्यशैली नियाली रहेको समेत उनले भन्न भ्याए । मौनताको वाध भत्कीए देशले फेरी एक पटक नयाँ मोड लिन सक्नेमा समेत उनको तर्क थियो ।
जिल्ला, प्रदेश,नगर र गाउँ कमिटिका संगठीत सदस्यहरुको सहभागितामा परशुराम १२ सदरमुकाममा चियापान तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

bb

Leave A Reply

Your email address will not be published.