न्यायकाे खाेजिमा दत्तराम पाण्डेय :दिउँसै वाले राकाे

पदम जाेरा,डडेल्धुरा :

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ (बुङा) शिर्षका दत्तराम पाण्डेय न्यायकाे खाेजिमा भौतारिएका छन  पटक -पटक नगरपालिकाकाे मुलगेटमा धर्ना दिएका पाण्डेयले आइतबार जाेगबुडा वजारमा दिउँसै राके जुलुस लगाए ।
परशुराम नगरपालिका वडा.न ४ सुनखर्कमा रहेको परिगाउँ नहरको मुल देखी पुर्व, सुनखर्क देखी पश्चिम, रज्यौडा बस्ती देखी दक्षिण र रगुन नदि देखी उत्तरमा रहेको २०५३ साल देखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भनी पाण्डेयले पटक -पटक न्याय खाेजि रहेका छन ।

२०५३ सालमा मेरो परिवार सहित स्थानीयहरुले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेका हौं ।
अरु स्थानीयहरुको जमिन भोगचलनमा रहेको भए पनि मेरो मात्रै टहरा स्थानीयहरुले कुटपिट गरि लखेटी हटाएको दुःखेसो उनले सुनाए ।
सुनखर्क, भजनथला सहित भित्रिमधेष क्षेत्रको अधिकान्स भुमी ऐलानी भएको भए पनि मैले खनजोत गरि भाेगचलनमा ल्याएको जमिन खोसीएको छ, न्याय पाउ भनी नगरपालिकामा धर्ना दिए,न्याय नपाएकाे दु:खेसाे उनले सुनाए ।
पटक–पटक हरेक निकायमा धाउँदा पनि न्याय नपाएको भन्दै लोकतान्त्रीक गणतन्त्र ,संघियता पश्चात शिंहदरवारको अधिकार गाउँ–गाउँमा पुगेको भन्ने सुने तर म जस्ता गरिवका लागि अझ अन्याय, दमन, शोषण रहेको दु:खेसो उनको छ ।
नगरपालिकाको न्यायीक समितिमा २०७४ साल देखी निरन्तर धाई रहेको छु,न्याय पाएन ।

तपाईको मुख्य माग के हो त ?  भन्ने प्रश्नमा उनले भने मेरो भोगचलनमा रहेको जमिन फिर्ता पाउँ,

यदि मेरो जमिन फिर्ता हुन्न भने अन्य व्यक्तिहरुको जमिन पनि सरकारी/ऐलानीमा परिणत होस ।
मेरो सारा सम्पत्ति, मेहनत, बुवाको देहवशान, त्यहि जमिनका लागि भयो, पटक–पटक  मेरो परिवारका सदस्यले कुटपिट  पायौं , त्यो भुमीको माया अझ मरेको छैन ।

गरिवका लागि ऐन धनिलाई चैन भन्थे त्यस्तै मेरा लागि भएको दु:खेसाे उनकाे छ ।

लोकतन्त्र हो ,  नेता जनताका सेवक हुन भने मलाई न्याय दिउन उनले अन्तमा सुनाए ।

bb

Leave A Reply

Your email address will not be published.